टुँडिखेलमा गौरा पर्वको रौनक, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । काठमाडौँमा बस्ने सुदूरपश्चिमेलीले गौरा पर्व मनाएका छन् । बिहीबार काठमाडौँको टुँडिखेलमा उनीहरुले भव्य रूपमा गौरा पर्व मनाएका हुन् । गौरा पर्व कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता भीम रावल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गर्ने चलन छ ।
_euLeiVxUSR.jpg)
३ दिनसम्म मनाइने गौरामा महिलाहरू व्रत बस्ने र गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाउने गर्छन् । यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरुडा’ भन्ने गरिन्छ । गौराको दोस्रो दिन व्रतालु महिलाले पानीका मुहान र पँधेरामा शुभ मुहूर्तमा सामूहिक रूपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ ।
सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजा–अर्चना गरी विवाहित महिलाले दुबधागो चढाउने गर्छन् । गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा पूजाआजा गर्छन् । साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको छ ।
सोही दिन महिलाले प्रसादका रूपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने चलन छ । गौरा पर्वको प्रमुख आकर्षण भनेको देउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने नै हो । त्यति मात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ । महिलाले यस अवसरमा आफ्ना सुख–दुःख देउडाका माध्यमबाट व्यक्त गर्छन् ।
_VzCJXZXb1n.jpg)
गौरा विसर्जन नगरिएसम्म गौरा घरमा पुरुष तथा महिला छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिने गर्छन् । साथै देउडा र धमारी, ढुस्को, होरी खेलसमेत खेल्ने गरिन्छ । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख–सुख बाँड्नुका साथै माया–प्रेम बाँड्ने गरिन्छ ।
यो पर्वलाई एकताका पर्वका रूपमा पनि लिइन्छ ।
_XJPEGefjFA.jpg)
_txVOakB37N.jpg)
_GAmndbrIyl.jpg)
_Y7OiIOLApT.jpg)
_x7w9uENulB.jpg)
_RbyI7Mb5qn.jpg)
_wfr0ndTKNu.jpg)
_Ftk8cblJpV.jpg)
_JaiLSnSEfS.jpg)
_lMh0xWkstB.jpg)
_DmA3KqGM0v.jpg)
_zOWbdFBhD7.jpg)
_j7j70OiIcr.jpg)
_u2S13ZqgSu.jpg)
_nvlZivHKOJ.jpg)
_YhXo6QW2WJ.jpg)
_BEPpRuXgoe.jpg)
_FBY6jP7TEb.jpg)
_EmzLRl6x4v.jpg)
_EZocv2dEJ6.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण