कोशी प्रदेश सरकारविरुद्धको मुद्दालाई अग्राधिकार, भदौ १५ गते पूर्ण सुनुवाइ
बिहीबार, ०७ भदौ २०८०, १८ : ५८
काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारविरुद्धको मुद्दालाई अग्राधिकार दिएको छ । बिहीबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सुनुवाइ गर्दै भदौ १५ गते पूर्ण सुनुवाइका लागि पेशी तोकेको हो ।
कोशी सरकारको विषयको छिटोछरितो निरूपण गर्नुपर्ने भएकाले पूर्ण सुनुवाइका लागि १५ गते अग्राधिकार दिएर पेशी तोक्न सर्वोच्चको आदेशमा भनिएको छ ।
सोमबार प्रदेशसभामा विश्वासको मत लिँदै मुख्यमन्त्री उद्धव थापालाई सभाको अध्यक्षता गरेका व्यक्तिले मत दिएपछि एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले बुधबार सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।
उक्त रिटमा बिहीबार सुनुवाइ गर्दै सर्वोच्चले मुख्यमन्त्री थापाको विश्वासको मतलाई मान्यता दिन अस्वीकार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण