दीपक–दीपाको हल १८ भदौमा उद्घाटन, पहिलो फिल्म ‘छक्का पन्जा ४’ लाग्ने
काठमाडौँ । ९ करोडको लागतमा दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण गरिरहेको फिल्म हल १८ भदौदेखि संचालनमा आउने भएको छ ।
लामो समयदेखि निर्माण हुँदै आएको मल्टिप्लेक्स हल १८ गते औपचारिक उद्घाटन सहित संचानलमा आउन लागेको हो । हलको उद्घाटन १८ गते राखिएको हलका संचाल समेत रहेकी कलाकार निर्देशक दीपाश्री निरौलाले बताइन् ।
‘हलको सम्पूर्ण निर्माण कार्य सकिएकाले उद्घाटन कार्यक्रमसहित संचालनमा ल्याउन लागेको हो’, दीपाले भनिन् । उद्घाटनको दिन हलमा फिल्म ‘छक्का पन्जा ४’ लाग्ने छ ।
‘उद्घाटनमा सबैलाई फ्रिमा फिल्म हेराउनपर्छ’ दीपाले भनिन् ‘फ्रिमा हेराउनहरुले फिल्म नदेलान् भनेर आफ्नै फिल्म देखाउन लागिएको हो ।’ त्यसपछि भने हलमा नेपाली फिल्म ‘ऐँचो पैचो’ र शाहरुख खानको ‘जवान’ लाग्ने दीपाले सुनाइन् । हल केही अगाडि नै उद्घाटन गर्ने दीपक–दीपाको योजना थियो । आर्थिक मन्दी लगायत विभिन्न कारणले केही ढिलाइ हुनपुग्यो ।
आईएनआई सिनेमाजको फ्रेन्चाइज अन्तर्गत सञ्चालन हुन लागेको हलमा दुईवटा अडिटोरियम रहेको छ । जसमा दुई–दुई सय दर्शक क्षमता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण