बागमती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा चुनाव लड्ने पारस खड्काको घोषणा
काठमाडौँ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा चुनाव लड्ने छन् । शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू बागमती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा उठ्ने औपचारिक घोषणा गरेका हुन् ।
बागमती प्रदेश क्रिकेट सङ्घको निर्वाचन भदौ १५ गते हुँदै छ । बागमती प्रदेश क्रिकेट सङ्घको सदस्यका रूपमा मान्यताप्राप्त काठमाडौँ, भक्तपुर, ललितपुर र मकवानपुर जिल्लाले संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।
पत्रकार सम्मेलनमा उपस्थित जिल्ला सङ्घका प्रतिनिधिहरूले बागमती प्रदेश क्रिकेट सङ्घको निर्वाचनमा पारसलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पारस काठमाडौँ जिल्ला क्रिकेट सङ्घको कार्यसमिति सदस्य हुन् ।
पारसलाई बागमती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा अगाडि बढाउन आफूहरू सहमत रहेको भक्तपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष मनिषराज पाण्डेले बताए । काठमाडौँ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष दिवाकर घलेले पनि पारसलाई अध्यक्षमा जिताउन सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।
घलेले बागमती प्रदेशका अन्य जिल्लालाई पनि पारसलाई सहयोग गर्न आग्रह गरे । चितवन र नुवाकोट जिल्ला पनि बागमती प्रदेश क्रिकेट सङ्घका सदस्य हुन् । यी दुई जिल्लाका प्रतिनिधि भने पत्रकार सम्मेलनमा उपस्थित थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण