सुन तस्करीको अनुसन्धान गर्न सीआईबीले माग्यो इन्टरपोलको सहयोग
काठमाडौँ । हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले अनुसन्धान गरिरहेको छ । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको अनुसन्धान गर्ने जिम्मेवारी साउन २१ मा सीआईबीलाई दिएको थियो ।
असार ३० मा हङकङकबाट काठमाडौं ल्याइएको सो सुन् ‘रेडी ट्रेड प्रालि’ ले मगाएको हो । गिरोहले सुन भारत पठाउन खोजेको ब्युरोको अनुसन्धान निष्कर्ष छ । सुनबारे अनुसन्धान गर्न ब्युरोले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’को सहयोग मागेको छ ।
हङकङ, नेपाल र भारतबीच ‘त्रिदेशीय सङ्गठित समूह’ भेटिएपछि यसबारे अनुसन्धानमा सहयोगका लागि इन्टरपोललाई पत्राचार गरिएको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।
अनुसन्धान अधिकृतहरूका अनुसार प्रहरी प्रधान कार्यालयले इन्टरपोल हङकङ र इन्टरपोल भारतलाई पत्राचार गरेको छ । ‘प्रहरी प्रधान कार्यालय स्थित इन्टरपोल शाखामार्फत दुई देशका इन्टरपोल शाखामा पत्राचार गरिएको छ’ ती अधिकृत भन्छन्–‘पक्राउ गरिएकामध्ये ३ जना चिनियाँ नागरिक यसअघि भारतमा सुन तस्करीमा संलग्न रहेको देखिन्छ ।’
पक्राउ गरिएका ४ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । सुन तस्करीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’को हिरासतमा अहिले ७ जना चिनियाँ नागरिक छन् ।
हिरासतमा भएका चिनियाँहरूमा डिङ सेग्फा, ली–नेङकाई, टीयान मि, वेन तोङ, जीक्वाङ लिन, याओ पुचेङ्ग र ली वेन सुङ्ग छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण