६० किलो सुन प्रकरणमा पक्राउ गरिएका ४ चिनियाँको साथमा भेटियो नेपाली नागरिकता
काठमाडौँ । हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ गरिएका ४ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ को हिरासतमा रहेका चारजना चिनियाँले नेपाली नागरिकता लिएको भेटिएको प्रहरी प्रवक्ता (डीआईजी) कुबेर कडायतले रातोपाटीलाई बताए ।
कडायतले भने– ‘एकजनाले काठमाडौँबाट र ३ जनाले काभ्रे जिल्लाबाट नागरिकता लिएको भेटिएको छ ।’ डीआईजी कडायतका अनुसार चिनियाँ नागरिक लि–नेङकाईले काठमाडौँबाट सोनाम लामाको नाममा नागरिकता लिएको भेटिएको छ । लि–नेङकाई ३१ साउनमा पक्राउ परेका हुन् ।
दावा छिरिङको साथमा ११८६५ नम्बरको नेपाली नागरिकता फेला परेको छ । छिरिङले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिएको खुलेको छ । तस्करीमा संलग्न डिङ सेग्फा र ली वेन सुङको साथमा पनि नेपाली नागरिकता भेटिएको छ ।
सुन तस्करीको आरोपमा पक्राउ गरिएका एकजना चिनियाँसँग भारतीय आधार कार्ड फेला परेको छ । तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङ र अर्का एकजना चिनियाँसँग भारतको आधार कार्ड फेला परेको डीआईजी कठायतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण