रोनाल्डोको ह्याट्रिकको मद्दतले अल–नासरको लिगमा पहिलो जीत
शनिबार, ०९ भदौ २०८०, १० : ४२
काठमाडौँ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले अल–नासरले साउदी प्रो–लिगको नयाँ सिजनमा पहिलो जीत हासिल गरेको छ । अल नासरले अल फतेहमाथि ५–० को शानदार जीत हासिल गरेको हो ।
खेलमा अग्रता भने साडियो मानेले दिलाएका थिए । रोनाल्डोको उत्कृष्ट ब्याक हिल पासमा मानेले खेलको २७ औँ मिनेटमा गोल गरेका थिए । पहिलो हाफको अन्त्यतिर रोनाल्डोले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको सुरुवातमा नै रोनाल्डोले अर्को गोल थपे । खेलमा पूर्ण नियन्त्रण बनाएको नासरका लागि चौथो गोल साडियो मानेले ८१ औँ मिनेटमा गरे । त्यसपछि इन्जुरी समयमा रोनाल्डोले अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण