रोनाल्डोको ह्याट्रिकको मद्दतले अल–नासरको लिगमा पहिलो जीत
शनिबार, ०९ भदौ २०८०, १० : ४२

काठमाडौँ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले अल–नासरले साउदी प्रो–लिगको नयाँ सिजनमा पहिलो जीत हासिल गरेको छ । अल नासरले अल फतेहमाथि ५–० को शानदार जीत हासिल गरेको हो ।
खेलमा अग्रता भने साडियो मानेले दिलाएका थिए । रोनाल्डोको उत्कृष्ट ब्याक हिल पासमा मानेले खेलको २७ औँ मिनेटमा गोल गरेका थिए । पहिलो हाफको अन्त्यतिर रोनाल्डोले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको सुरुवातमा नै रोनाल्डोले अर्को गोल थपे । खेलमा पूर्ण नियन्त्रण बनाएको नासरका लागि चौथो गोल साडियो मानेले ८१ औँ मिनेटमा गरे । त्यसपछि इन्जुरी समयमा रोनाल्डोले अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाईसीएल अध्यक्ष पदका लागि आकांक्षीको लर्को
-
उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
-
सुदूरपश्चिम प्रदेशको वनमन्त्रीमा रामेश्वर चौधरी नियुक्त
-
पल र नीतिको रोमान्टिक अवतारमा खिचियो ‘चाहिँदैन मोहर’
-
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
-
मिथुन चक्रवर्तीको घर अवैध, वैध प्रमाणित गर्न नसके भत्काइने