एक आपसमा भिडाएर नेपालको अखण्डतालाई कमजोर पार्न षड्यन्त्र भइरहेको छ : जनमोर्चा
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले कतिपय साम्राज्यवादी शक्तिहरूले नेपालमा विभिन्न जातजातिका बिच द्वन्द्व र अन्तर्विरोध पैदा गराएर एक आपसमा लडाएर भिडाएर नेपालको सार्वभौमसत्ता र अखण्डतालाई कमजोर पार्नका लागि विभिन्न षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
पूर्वका केही जिल्लाहरूमा बिग्रँदो सामाजिक सद्भावप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै पार्टीले ती जिल्लाका स्थानीय विभिन्न धर्मावलम्बी तथा जातजातिका स्थानीय बासिन्दाहरूले आपसी सामाजिक सद्भाव कायम राख्न र त्यसलाई बिथोलिन नदिन अपिलसमेत गरेका छ। साथै सरकारलाई पनि सामाजिक सद्भाव कायम राख्न प्रशासन वा दमनको सहारा नलिन आपसी सम्झाई बुझाई संवादको माध्यमद्वारा समस्यालाई समाधान गर्न जोड दिएको छ ।
पार्टी अध्यक्ष चित्रबहादुर केसीले भनेका छन्, ‘नेपाल एउटा बहुधर्म, बहुभाषा तथा बहुसंस्कृति भएको मुलुक हो । यिनीहरूका बीचको आपसी एकताद्वारा नै नेपालको राष्ट्रिय एकता र अखण्डताको रक्षा गर्न सकिने छ । नेपाललाई विखण्डनको दिशामा लैजाने साम्राज्यवादी षड्यन्त्रका विरुद्ध सतर्क हुनुपर्नेमा जोड दिन्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण