सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रीय बस टर्मिनललाई नमुना बस पार्कका रूपमा विकास गर्छौँ : प्रमुख दाहाल

शनिबार, ०९ भदौ २०८०, १७ : ००
शनिबार, ०९ भदौ २०८०

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले वडा नम्बर ९ मा रहेको केन्द्रीय बस टर्मिनल भरतपुरलाई नमुना बस पार्कको रूपमा विकास गरिने बताएकी छन् । भरतपुर -९ मा रहेको मिलन सचेतना महिला समूहको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले अहिले धमाधम स्तरोन्नतिको कार्य भइरहेको जानकारी दिएकी हुन् ।

बस पार्क हरियाली बनाउन वृक्षारोपण, सरसफाइ, मर्मत सम्भारलगायतका कार्य भइरहेको प्रमुख दाहालले बताइन् । सघन सहरी विकास मन्त्रालयबाट रु १० करोड र भरतपुर महानगरपालिकाले छुट्टै लगानी गरी बस पार्कलाई नमुना बनाउनेतर्फ केन्द्रित रहेको उल्लेख गरिन् ।

बस पार्कको रंग रोगन, कालो पत्र, हरियाली गराउने कामसँगै सरसफाइको कामलाई एक साथ अगाडि बढाइएको उनको भनाई थियो ।नमुना बस पार्क निर्माणका लागि नियमित अनुगमन र सरसफाइ गर्नुपर्ने दाहालको जिकिर थियो ।

जिम्मेवारी पूर्ण ढङ्गबाट दैनिक बास पार्कको नियमन गरे गर्व गर्न लायक बस पार्कको रूपमा परिचित गराउन सकिने धारणा पनि राखिन् । महानगरको हरेक विकास निर्माणमा सक्रिय टोल विकास संस्था र महिला समूहलाई जोडिएर काम गर्न आह्वान पनि गरिन् ।

विभिन्न सामाजिक कार्यमा अग्रसर मिलन सचेतना महिला समूहले शनिबार एक कार्यक्रमका बीच भवन निर्माण गर्ने दातालाई सम्मान गरेको छ । करिब १९५ जना सेयर सदस्य रहेको संस्थाको भवन निर्माण गर्न भरतपुर महानगरपालिका, वडा नं ९ तथा स्थानीय दानवीरहरूको सहयोग भएको अध्यक्ष लक्ष्मी सापकोटा कँडेलले जानकारी दिइन् । संस्थाले ३० कट्ठामा फुल खेती गरेको छ भने ८ कट्ठामा बेसार खेती गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप