केन्द्रीय बस टर्मिनललाई नमुना बस पार्कका रूपमा विकास गर्छौँ : प्रमुख दाहाल
चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले वडा नम्बर ९ मा रहेको केन्द्रीय बस टर्मिनल भरतपुरलाई नमुना बस पार्कको रूपमा विकास गरिने बताएकी छन् । भरतपुर -९ मा रहेको मिलन सचेतना महिला समूहको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले अहिले धमाधम स्तरोन्नतिको कार्य भइरहेको जानकारी दिएकी हुन् ।
बस पार्क हरियाली बनाउन वृक्षारोपण, सरसफाइ, मर्मत सम्भारलगायतका कार्य भइरहेको प्रमुख दाहालले बताइन् । सघन सहरी विकास मन्त्रालयबाट रु १० करोड र भरतपुर महानगरपालिकाले छुट्टै लगानी गरी बस पार्कलाई नमुना बनाउनेतर्फ केन्द्रित रहेको उल्लेख गरिन् ।
बस पार्कको रंग रोगन, कालो पत्र, हरियाली गराउने कामसँगै सरसफाइको कामलाई एक साथ अगाडि बढाइएको उनको भनाई थियो ।नमुना बस पार्क निर्माणका लागि नियमित अनुगमन र सरसफाइ गर्नुपर्ने दाहालको जिकिर थियो ।
जिम्मेवारी पूर्ण ढङ्गबाट दैनिक बास पार्कको नियमन गरे गर्व गर्न लायक बस पार्कको रूपमा परिचित गराउन सकिने धारणा पनि राखिन् । महानगरको हरेक विकास निर्माणमा सक्रिय टोल विकास संस्था र महिला समूहलाई जोडिएर काम गर्न आह्वान पनि गरिन् ।
विभिन्न सामाजिक कार्यमा अग्रसर मिलन सचेतना महिला समूहले शनिबार एक कार्यक्रमका बीच भवन निर्माण गर्ने दातालाई सम्मान गरेको छ । करिब १९५ जना सेयर सदस्य रहेको संस्थाको भवन निर्माण गर्न भरतपुर महानगरपालिका, वडा नं ९ तथा स्थानीय दानवीरहरूको सहयोग भएको अध्यक्ष लक्ष्मी सापकोटा कँडेलले जानकारी दिइन् । संस्थाले ३० कट्ठामा फुल खेती गरेको छ भने ८ कट्ठामा बेसार खेती गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण