इन्जिनियरिङको शुल्क वृद्धि : समाजवादी मोर्चासम्बद्ध विद्यार्थी संगठनले आमरण अनसन सुरु गर्ने
काठमाडौँ । समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले आइतबार बिहान ८ बजेदेखि आमरण अनसन सुरु गर्ने भएको छ । २४ घन्टे अल्टिमेटम दिँदा पनि इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धि खारेज नगरेकाले आमरण अनसन सुरु गर्ने विद्यार्थी संगठनहरुले जनाएका हुन् ।
कार्यान्वयन समितिको साउन २५ को निर्णय अनुसार इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत आङ्गिक क्याम्पसहरूको शुल्क २ लाख ८० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्याएपछि वृद्धि गरेको शुल्क खारेजीको माग राख्दै समाजवादी मोर्चा निकट विद्यार्थी संगठनले विभिन्न चरणका कार्यक्रम गर्दै आइरहेको छ ।
समाजवादी मोर्चा निकट विद्यार्थी संगठनले भाद्र ७ गते पत्रकार सम्मेलन मार्फत वृद्धि गरेको शुल्क खारेज गर्न २४ घन्टे अल्टिमेटम दिएको थियो । तर संस्थान गम्भीर बन्नुको सट्टा आन्दोलन र मागलाई बेवास्ता गरेकोले थप संघर्षको कार्यक्रम अगाडी बढाउन बाध्य भएको विद्यार्थी संगठनहरुले जनाएका छन् ।
‘वृद्धि गरेको शुल्क खारेज गर्न हामी जस्तोसुकै जोखिम मोल्न तयार हुँदै समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुको तर्फबाट २०८० भाद्र १० गते बिहान ८ बजेदेखि आमरण अनसन सुरु गर्ने तथा वृद्धि गरेको शुल्क खारेज नगरुन्जेल संघर्ष तथा आन्दोलनका विभिन्न कार्यक्रम समेत जारी राख्ने कुरा यसै विज्ञप्ति मार्फत घोषणा गर्दछौं ।
अन्त्यमा आन्दोलनबाट हुन सक्ने क्षतिको जिम्मेवार सम्बन्धित पक्ष हुनुपर्ने समेत सचेत गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही र समाजवादी विद्यार्थी युनियन नेपालका अध्यक्ष रमेश यादवको हस्ताक्षर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण