माण्डु हाइड्रोपावरले खुलायो प्रिमियम मूल्यमा आईपीओ
काठमाडौँ । माण्डु हाइड्रोपावरले आजदेखि प्रिमियम मूल्यमा सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओ बाँडफाँड गरिसकेको छ ।
सर्वसाधारणलाई १०० रुपैयाँ अंकित सेयरमा १०६ रुपैयाँ प्रिमियम मूल्य थपेर आईपीओ बिक्री खुलाएको हो । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशतले हुन आउने सेयर बिक्री गर्ने योजना बनाएको छ ।
कम्पनीले आजदेखि स्थानीयमा बिक्री नभएको सेयरसहित गरी १३ लाख ६ हजार ३०६ कित्ता सेयर बिक्री गर्न थालेको जनाएको छ । यसमध्ये कर्मचारीलाई २८ हजार ८५३ कित्ता सेयर छुट्याइएको छ भने सामूहिक लगानी कोषलाई ७२ हजार १३३ कित्ता सेयर छुट्याइएको छ ।
बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले स्थानीय बासिन्दाका लागि २ लाख ७२ हजार ७३० कित्ता सेयर बिक्री खुलाएको थियो । तर, ७९ हजार कित्ता सेयर भने बिक्री भएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण