माण्डु हाइड्रोपावरले खुलायो प्रिमियम मूल्यमा आईपीओ

काठमाडौँ । माण्डु हाइड्रोपावरले आजदेखि प्रिमियम मूल्यमा सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओ बाँडफाँड गरिसकेको छ ।
सर्वसाधारणलाई १०० रुपैयाँ अंकित सेयरमा १०६ रुपैयाँ प्रिमियम मूल्य थपेर आईपीओ बिक्री खुलाएको हो । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशतले हुन आउने सेयर बिक्री गर्ने योजना बनाएको छ ।
कम्पनीले आजदेखि स्थानीयमा बिक्री नभएको सेयरसहित गरी १३ लाख ६ हजार ३०६ कित्ता सेयर बिक्री गर्न थालेको जनाएको छ । यसमध्ये कर्मचारीलाई २८ हजार ८५३ कित्ता सेयर छुट्याइएको छ भने सामूहिक लगानी कोषलाई ७२ हजार १३३ कित्ता सेयर छुट्याइएको छ ।
बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले स्थानीय बासिन्दाका लागि २ लाख ७२ हजार ७३० कित्ता सेयर बिक्री खुलाएको थियो । तर, ७९ हजार कित्ता सेयर भने बिक्री भएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता