एमसीसीविरूद्ध विप्लव नेतृत्वको नेकपा सडकमा, एमसीएको कार्यालय घेराउ गर्दै
काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) कार्यान्वयनविरूद्ध आज देशव्यापी प्रर्दशन गर्ने भएको छ । संसदबाट व्याख्यात्मक टिप्पणीसहितको १२ बुँदे सम्झौता सम्बन्धमासमेत अमेरिकाले आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै नेकपाले देशव्यापी विरोध प्रर्दशन गर्न लागेको हो ।
एमसीसी परियोजना राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै उसले भदौ ५ गते चरणबद्ध आन्दोलन घोषणा गरेको थियो । १२ बुँदे सम्झौता सम्बन्धमा अमेरिकाले आफ्नो धारणा सार्वजनिक नगरेसम्म नेपालमा एमसीसी कार्यान्वय हुन नदिन चेतावनी दिएको छ ।
‘एमसीसी राष्ट्रघाती छ । संसदले व्याख्यात्मक टिप्पणीसहित एमसीसी कार्यान्वयन गर्ने भनेर १२ बुँदे सम्झौता परित गरेको छ । २ वर्ष वित्न लाग्दासमेत अमेरिकाले कुनै धारणा सार्वजनिक गरेको छैन’, नेकपाका नेता, ‘अनिल शर्मा विरहीले भने, ‘कम्तिमा पनि १२ बुँदे सम्झौता कार्यान्वयन गर्ने सम्बन्धमा अमेरिकाको आधिकारिक धारणा नआएसम्म कार्यान्वयन हुन दिँदैनौं ।’
विरहीले बिहान ११ बजे एसीए नेपालको कार्यालय घेराउ गर्ने जानकारी दिए । ७७ जिल्लामा सदरमुकाममा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । सोमबार यसै विषयमा अन्तरक्रिया गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण