शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

को हुन् अमेरिकामा लियोनल मेस्सीलाई हरबखत पछ्याउने यी व्यक्ति ?

आइतबार, १० भदौ २०८०, ११ : २०
आइतबार, १० भदौ २०८०

काठमाडौँ । चर्चित अर्जेन्टिनी फुटबलर लियोनल मेस्सी अहिले अमेरिकी क्लब इन्टर मियामीबाट व्यवसायिक फुटबल खेल्छन् । सात पटकका बेलन डी’ओर विजेता मेस्सी स्पेनिस क्लब बार्सिलोना छोडेर इन्टर मियामीमा आबद्ध भएको धेरै समय बितेको छैन ।

३६ वर्षीय मेस्सीले आइतबार मात्र मेजर लिग सकर (एमएलएस) मा आफ्नो ‘डेब्यू’ खेल खेलेका छन् । आफ्नो ‘डेब्यू’ खेलमै गोल गरेपछि इन्टर मियामीले न्यू योर्क रेड बुल्सलाई २—० ले हराएको छ । मेस्सीकै उत्कृष्ट प्रदर्शनमा इन्टर मियामीले लिग्स कपको उपाधि जितेको छ भने यूएस ओपनको फाइनलमा पनि पुगेको छ । 

मेस्सी अमेरिका पुगेयता एक व्यक्तिले उनलाई हरबखत पछ्याइरहेको देखिन्छ । मैदानमा खेलिरहँदा पनि मेस्सी जता जान्छन्, यी व्यक्ति मैदानबाहिर त्यतै ओहोर दोहोर गरिरहेका हुन्छन् । आखिर को हुन् त हरबखत मेस्सीलाई पछ्याउने यी व्यक्ति ?

पछिल्लो केही दिनयता यी व्यक्ति मेसीका समर्थकमाझ पनि निकै लोकप्रिय छन् । सामाजिक सञ्जालमा मेस्सीका समर्थकहरूले उनीप्रति निकै चासो व्यक्त गरेको पाइन्छ । खासमा अग्लो र बलियो जिउडालका यी व्यक्तिको नाम यासिन चुएको हो ।  

यासिन पूर्वअमेरिकी आर्मी हुन् । मेस्सी अमेरिका पुगेदेखि नै उनको ब्यक्तिगत सुरक्षाको जिम्मेवारी यासिनले नै पाएका छन् । अर्थात हासिन मेस्सीका ‘बडी गार्ड’ हुन् । इन्टर मियामीका मालिकमध्येका एक डेभिड बेकह्यामले यासिनलाई मेस्सीको सुरक्षाको जिम्मेवारी सुम्पिएका हुन् ।

अहिले अमेरिकामा व्यवसायिक फुटबल खेलिरहेका खेलाडीमध्ये मेस्सी सबैभन्दा प्रभावशाली र चर्चित खेलाडी हुन् । त्यसैले उनको सुरक्षाप्रति इन्टर मियामीले विशेष ध्यान दिएको छ । ‘मेस्सीको बडी गार्डका लागि यासिन सबैभन्दा उपयुक्त व्यक्ति हुन्,’ इन्टर मियामीले भनेको छ । 

यासिनले अमेरिकी आर्मीका रूपमा इराक र अफगानिस्तानमा पनि काम गरेका थिए । मेस्सीको सुरक्षाका लागि खटिएका यासिन एक्ला व्यक्ति होइनन् । यासिनको नेतृत्वमा ५० जना व्यक्ति पनि मेसीको सुरक्षामा खटिएका छन् । 

यासिन मिक्स्ड मार्सल आर्टसका फाइटर पनि हुन् । मिक्स्ड मार्सल आर्टसमा यासिनले थुप्रै भिडन्त गरेका छन् । यसका अतिरिक्त उनी तेक्वान्दो र बक्सिङ खेलाडी पनि हुन् । इन्टर मियामीका कप्तानसमेत रहेका मेस्सीको सुरक्षाका लागि उनले जस्तोसुकै कदम उठाउने जिम्मेवारी पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप