सेयर बजार
नेप्सेको खराब सुरुवात : २०.५४ अंकले घटेर १९९३ अंकको विन्दुमा
आइतबार, १० भदौ २०८०, १५ : ५१
काठमाडौँ । साताको पहिलो कारोबार दिन नै ऋणात्मक बन्दै नेप्से सूचकले खराब सुरुवात गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक २०.५४ अंकले घट्दै १९ सय ९३.३८ अंकको विन्दुमा ओर्लिएको हो ।
आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.४४ अंकले घट्दै ३८२.११ अंकको विन्दुमा ओर्लिएको छ । म्युचुअल फन्ड बाहेक १२ वटा उपसूचक ऋणात्मक हुँदा आज १ अर्ब २६ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
दास्रो बजारमा कारोबार सुरु भएदेखि लगातार बढिरहेको कुथेली बुखाहरी स्मल हाइड्रोपावर कम्पनीको मूल्य आज पनि १० प्रतिशतले बढेको छ । यता माकर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्य भने आज ९.६३ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण