विराटनगरमा भदौ २५ गते कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय
विराटनगर । चार पार्टी सम्मिलित समाजवादी मोर्चाले भदौ २५ गते विराटनगरमा संयुक्त कार्यक्रम गर्ने निर्णय गरेको छ । विराटनगरस्थित माओवादी केन्द्रको प्रदेश कार्यालयमा आइतबार बसेको संयुक्त बैठकले विराटनगरको बरगाछीस्थित होटल मनास्लुमा कार्यक्रम गर्ने निर्णय गरेको जसपाका कोशी प्रदेश अध्यक्ष दिपक याक्खाले जानकारी दिए ।
जसपाका अध्यक्ष याक्खाको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्र प्रदेश सचिव गणेश उप्रेती, केन्द्रीय सदस्य सुशिला घिमिरे (सामना), नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य महेश रेग्मी, मोरङ अध्यक्ष चन्द्रवीर राई, प्रदेश समिति सदस्य वीरेन्द्र यादव, जसपाको प्रदेश अध्यक्ष याक्खा, नेता जयराम यादव, नेकपा विप्लवका पोलिटब्यूरो सदस्य तथा कोशी ब्युरो इन्चार्ज दिपेश सी, केन्द्रीय सदस्य पुष्प सी, संगीत सी लगायतको उपस्थिति थियो ।
बैठकले कार्यक्रममा सहभागिता, हल तथा मञ्च व्यवस्थापन, आर्थिक व्यवस्थापन तथा स्वयंसेवक परिचालनको विषयमा पनि निर्णय गरेको छ ।
कार्यक्रममा ३ हजार बढी मानिसको सहभागिता गराउने, जसपाका नेता राजकुमार यादवको नेतृत्वमा मञ्च व्यवस्थापन गरिने, जसपाकै प्रदेश अध्यक्ष याक्खाको नेतृत्वमा आर्थिक समिति निर्माण गर्नुको साथै कार्यक्रमलाई व्यवस्थित गर्न युवा तथा विद्यार्थी मोर्चा सम्मिलित समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण