सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

डेंगु संक्रमितको सङ्ख्या १९ हजारभन्दा बढी

आइतबार, १० भदौ २०८०, १८ : २९
आइतबार, १० भदौ २०८०

काठमाडौँ । नेपालमा डेंगु संक्रमितको संख्या  तीव्र गतिमा बढ्दै भएको छ । नेपालमा हालसम्म १९ हजारभन्दा बढी संक्रमित भएका छन् ।

गएको पुस महिना यता १९ हजार २७० जनामा डेंगु संक्रमण पुष्टि भएको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।  

संक्रमित मध्ये १३ जनाको मृत्यु भएको छ । कोशी प्रदेशमा मात्रै १४ हजार ३६९ केस पुष्टि भएको छ ।

दोस्रोमा बागमती प्रदेशमा २ हजार ९९९, मधेस प्रदेशमा १८४, गण्डकीमा ६३५, लुम्बिनीमा ३४५, कर्णालीमा ४१ र सुदूरपश्चिम प्रदेशमा ५४० केस पुष्टि भएको महाशाखाले जनाएको छ ।  

काठमाडौँ उपत्यकामा मात्रै ६९६ केस पुष्टि भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप