रुसद्वारा वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनको मृत्यु भएको पुष्टि
मस्को । वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको मृत्यु भएको पुष्टि भएको छ। रुसी अधिकारीहरूले विमान दुर्घटनापछि भेटिएका शवहरूको आनुवंशिक (जेनेटिक) विश्लेषणपछि वाग्नरका प्रमुख प्रिगोजिनको मृत्यु भएको पुष्टि भएको बताएका हुन्।
रुसको अनुसन्धान समितिले सबै १० पीडितको पहिचान स्थापित भइसकेको र यात्रु सूचीमा रहेका सबै १० जनासँग मेल खाने बताएको छ। २४ अगस्ट साँझ रुसको टभर सहरमा भएको विमान दुर्घटनामा १० जनाको मृत्यु भएको थियो । वाग्नर प्रमुख प्रिगोजिनको नाम पनि यो सूचीमा परेको थियो। विमानमा चालक दलका तीन सदस्यबाहेक सात जना सवार थिए । यसमा वाग्नर सह-संस्थापक दिमित्री उटकिन पनि समावेश थिए।
यस वर्षको जुनमा प्रिगोजिनले छोटो समयका लागि रुसविरुद्ध विद्रोहको नेतृत्व गरेका थिए। तर पछि रुसी सरकारसँगको सम्झौतापछि उनीमाथि लगाइएका सबै आरोप फिर्ता लिइएको थियो । त्यसपछि उनी बेलारुस गएका थिए । तर, त्यस बेलादेखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई माफ नगर्ने अनुमान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण