नुनेज चम्किँदा १० खेलाडीमा सीमित लिभरपुलको पुनरागमन
न्युक्यासल । डार्विन नुनेजले खेलको अन्त्यमा दुई गोल गरेपछि १० खेलाडीमा सीमित लिभरपुलले न्युक्यासलविरुद्ध उत्कृष्ट पुनरागमन गरेको छ । सेन्ट जेम्स पार्कमा भएको खेलमा लिभरपुल २–१ गोलअन्तरले विजयी बन्यो ।
खेलमा अग्रता भने न्युक्यासलले लिएको थियो । २५ औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ३ मिनेटपछि कप्तान भर्जिल भान डाइकले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित बन्यो ।
पहिलो हाफमा लिभरपुलका गोलकिपर एलिसन बेकरले लिभरपुललाई थप गोल खानबाट जोगाएका थिए । दोस्रो हाफमा अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेका नुनेजले खेलको ८१ औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरे ।
इन्जुरी समयमा मोहमद शालाहको पासमा उनले निर्णायक गोल गर्दै टोलीलाई महत्त्वपूर्ण ३ अङ्क दिलाए । जीतसँगै ३ खेलबाट ७ अङ्क बटुल्दै लिभरपुल चौथो स्थानमा उक्लिएको छ । न्युक्यासल भने ३ अङ्कसहित लिगको १३ औँ स्थानमा सीमित भएको छ ।
तेस्रो साताको अन्त्यमा साबिक विजेता सिटीले मात्र शतप्रतिशत नतिजा कायम राख्दै लिगको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा वेस्ट ह्याम र तेस्रो स्थानमा टोटनह्याम हटस्पर्स रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण