नुनेज चम्किँदा १० खेलाडीमा सीमित लिभरपुलको पुनरागमन

न्युक्यासल । डार्विन नुनेजले खेलको अन्त्यमा दुई गोल गरेपछि १० खेलाडीमा सीमित लिभरपुलले न्युक्यासलविरुद्ध उत्कृष्ट पुनरागमन गरेको छ । सेन्ट जेम्स पार्कमा भएको खेलमा लिभरपुल २–१ गोलअन्तरले विजयी बन्यो ।
खेलमा अग्रता भने न्युक्यासलले लिएको थियो । २५ औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ३ मिनेटपछि कप्तान भर्जिल भान डाइकले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित बन्यो ।
पहिलो हाफमा लिभरपुलका गोलकिपर एलिसन बेकरले लिभरपुललाई थप गोल खानबाट जोगाएका थिए । दोस्रो हाफमा अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेका नुनेजले खेलको ८१ औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरे ।
इन्जुरी समयमा मोहमद शालाहको पासमा उनले निर्णायक गोल गर्दै टोलीलाई महत्त्वपूर्ण ३ अङ्क दिलाए । जीतसँगै ३ खेलबाट ७ अङ्क बटुल्दै लिभरपुल चौथो स्थानमा उक्लिएको छ । न्युक्यासल भने ३ अङ्कसहित लिगको १३ औँ स्थानमा सीमित भएको छ ।
तेस्रो साताको अन्त्यमा साबिक विजेता सिटीले मात्र शतप्रतिशत नतिजा कायम राख्दै लिगको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा वेस्ट ह्याम र तेस्रो स्थानमा टोटनह्याम हटस्पर्स रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजमा पछाडि पारिएका वर्ग समुदायको हितमा काम गर्न प्रतिबद्ध छौँ : अर्थमन्त्री थापा
-
नवराज विक हत्या प्रकरण : २३ जनाको जन्मकैद सदर, दुई जनालाई सफाइ
-
६ एआईजीको पदस्थापन, सीआईबीमा चन्द्रकुवेर खापुङ
-
ट्रेलरमा यस्तो देखियो चलचित्र ‘ऊनको स्वीटर’
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?