एसिया कपमा देशको भरोसा सन्दीपमाथि छ : टंकलाल घिसिङ

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गरेका छन् । सोमबार बिहान उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पाकिस्तान प्रस्थान गरेका हुन् ।
सन्दीपलाई बिदाइ गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए । सो क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले एसिया कपमा सम्पूर्ण नेपालीहरूको भरोसा क्रिकेटर लामिछानेमाथि रहेको बताए ।
घिसिङले भने, ‘पाकिस्तानसँग, भारतसँग नेपाली क्रिकेट टिमले खेल्दैछ । त्यहाँ सन्दीपको उपस्थिति देशले महत्त्वपूर्ण रूपमा लिइरहेको छ । त्यसैले पनि केही प्राविधिक विषयवस्तुहरूसँग जोडिएर उहाँ टिमसँग जान सक्नुभएको थिएन । आज सिंगो देशले सन्दीपमाथि जसरी भरोसा गरेको छ, त्यो भरोसा सन्दीपबाट पूरा हुनेछ । सन्दीपको इन्ट्रीसँगै टिमले पूर्णता पाएको छ ।’
पाकिस्तान उड्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै क्रिकेटर लामिछानेले अहिले टिम लयमा रहेको भन्दै आफू पाकिस्तान र भारतसँग खेल्न तयार रहेको बताए । उनले एसिया कपमा राम्रो खेलेर नेपालीको मन जित्ने प्रतिबद्धता जनाए । उनले पाकिस्तान र भारतसँग क्रिकेट खेल्नु खुसीको पर्व भएको बताए ।
उनले भने, ‘टिमले अहिले राम्रो पर्फमेन्स गरिरहेको छ । पाकिस्तानमा पनि अभ्यास गेम खेलेको थियो । म फिट छु, खेल्नका लागि रेडी छु । एसिया कपमा हामी एकदमै धेरै राम्रो गर्नेछौँ । यो हाम्रो लागि खुसीको पर्व जस्तै हो । किनभने सधैँ यस्ता टिमसँग खेल्न पाउँदैनौँ । अब निरन्तर कसरी खेल्ने भन्नेबारेमा छलफल गर्नुपर्छ ।’
क्रिकेटर लामिछानेले अब आगामी दिनमा पनि पाकिस्तान र भरतसँग खेल्ने वातावरण बनाइरहन मेहनत गर्नुपर्ने बताए । नेपालले एसिया कपमा ३० अगस्टमा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबिच सम्झौता
-
सुनचाँदी व्यवसायीले प्रधानमन्त्रीलाई भने – व्यवसाय धराशायी हुन्छ, पुनः विचार गरियोस्
-
रास्वपाको अवरोधबारे पाँच दलसँग छलफलमा सभामुख
-
रौतहटमा सय बढी कार्यकर्ता कांग्रेसमा प्रवेश
-
नख्खु खोला किनारमा मनसुनको पिर, तस्बिरहरू
-
नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड