शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरबाट ‘८० सालको गाईजात्रा’ सुरु, तीन भूमिकामा गजुरेल

सोमबार, ११ भदौ २०८०, १२ : ३७
सोमबार, ११ भदौ २०८०

काठमाडौँ । हास्य कलाकार मनोज गजुरेलको समूहको गाईजात्रा कार्यक्रम ‘८० सालको गाईजात्रा’ विराटनगरबाट सुरु भएको छ । विराटनगरपछि बर्दिबासमा भएको कार्यक्रम आज सोमबार रौतहटको चन्द्रनिगाहपुरमा हुँदैछ ।

‘८० सालको गाईजात्रा’ काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा भने भदौ १४ गतेदेखि १७ गतेसम्म चल्नेछ । कोरोना महामारीका कारण भर्चुअल गाईजात्रा गर्दै आएका गजुरेलले केही वर्षपछि  भौतिक कार्यक्रम गर्न लागेका हुन् । दर्शकको मागलाई ध्यानमा राखेर यो वर्ष भौतिक रूपमै गाईजात्रा गर्न लागेको गजुरेलले बताए ।

‘८० सालको गाईजात्रा’ मनोजको अलवा शैलेन्द्र सिंखडा, सुबोध गौतम, गायक टीका भण्डारी, कमेडी च्याम्पियनका सुन्दर खनाल र म्याक्सम गौडेल, कमेडियन सीता न्यौपाने, प्रभात लामा र रुबिना अधिकारी सहभागी छन् । 

यसपटक गजुरेलले राजनीतिज्ञ मदन भण्डारी, अमेरिकी धनाढ्य एलन मस्कका हजुरबा एलियन मस्क र गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिका निर्वाह गर्दैछन् । यस पटकको उनको भूमिकामा मदन भण्डारी र कांग्रेस संस्थापक बीपी कोइरालाबीच स्वर्गमा हुने कमेडी संवाद पनि प्रस्तुत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप