विराटनगरबाट ‘८० सालको गाईजात्रा’ सुरु, तीन भूमिकामा गजुरेल
काठमाडौँ । हास्य कलाकार मनोज गजुरेलको समूहको गाईजात्रा कार्यक्रम ‘८० सालको गाईजात्रा’ विराटनगरबाट सुरु भएको छ । विराटनगरपछि बर्दिबासमा भएको कार्यक्रम आज सोमबार रौतहटको चन्द्रनिगाहपुरमा हुँदैछ ।
‘८० सालको गाईजात्रा’ काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा भने भदौ १४ गतेदेखि १७ गतेसम्म चल्नेछ । कोरोना महामारीका कारण भर्चुअल गाईजात्रा गर्दै आएका गजुरेलले केही वर्षपछि भौतिक कार्यक्रम गर्न लागेका हुन् । दर्शकको मागलाई ध्यानमा राखेर यो वर्ष भौतिक रूपमै गाईजात्रा गर्न लागेको गजुरेलले बताए ।
‘८० सालको गाईजात्रा’ मनोजको अलवा शैलेन्द्र सिंखडा, सुबोध गौतम, गायक टीका भण्डारी, कमेडी च्याम्पियनका सुन्दर खनाल र म्याक्सम गौडेल, कमेडियन सीता न्यौपाने, प्रभात लामा र रुबिना अधिकारी सहभागी छन् ।
यसपटक गजुरेलले राजनीतिज्ञ मदन भण्डारी, अमेरिकी धनाढ्य एलन मस्कका हजुरबा एलियन मस्क र गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिका निर्वाह गर्दैछन् । यस पटकको उनको भूमिकामा मदन भण्डारी र कांग्रेस संस्थापक बीपी कोइरालाबीच स्वर्गमा हुने कमेडी संवाद पनि प्रस्तुत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण