बिरामी मृत्यु प्रकरण : आफन्त र अस्पतालबीच तीन बुँदे सहमति
सोमबार, ११ भदौ २०८०, २३ : ०९
काठमाडौँ । पत्थरीको समस्याले उपचाररत बिरामीको मृत्युपछि विवादमा तानिएको धनगढीस्थित स्वस्तिक अस्पताल र मृतकका आफन्तबीच तीन बुँदे सहमति भएको छ ।
अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि सोमबार दिउँसो सो अस्पतालमा तनाव भएको थियो ।
मृतकका आफन्त राजकुमार चौधरीका अनुसार सहमतिमा मृतकको एमबीबीएस अध्ययनरत छोरा ज्योतिप्रकाश चौधरीको पढाई खर्च ब्याहोर्ने, २ छोरीहरूको विवाह खर्च ब्याहोर्ने र उपचारमा लापरबाही गर्ने डाक्टर जोनस तिवारीलाई कारबाही गर्ने सहमति भएको छ ।
उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको थियो । उपचारको क्रममा डाक्टरले उनको बायाँ किड्नी झिकेपछि अत्यधिक रक्तश्रावले मृत्यु भएको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण