६ दिनका लागि अमेरिका उडे ‘बले’, यस्तो छ कारण
काठमाडौँ । ‘बले’ पात्रबाट चर्चित कलाकार सागर लम्साल अमेरिका उडेका छन् । जम्मा ६ दिनका लागि उनी मंगलबार बिहान अमेरिका उडेका हुन् । उनले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै आफू अमेरिका उडेको जानकारी दिएका छन् ।
उनको अमेरिका यात्राको उद्देश्य २ म्युजिक भिडियो अभिनय रहेको छ । दुवै भिडियो उनकै बले ईन्टरटेन्मेन्टबाट निर्माण हुन लागेको हो ।
पछिल्लो समय म्युजिक भिडियो अभिनयमा धेरै देखिँदै आएका लम्साल म्युजिक भिडियोमा उत्कृष्ट लोकेसन पस्किन अमेरिका छायाङ्कन गर्न लागेको बताउँछन् ।
‘मेरो ६ दिनको अमेरिका भ्रमणको उद्देश्य केबल २ म्युजिक भिडियो मात्र हो’, लम्सालले भने ‘त्यसैले केबल ६ दिन मात्र बस्नेछु ।’ ४ दिन भिडियो छायाङ्कन र २ दिन भ्रमणका लागि छुट्टाएको उनले खुलाए । दुवै भिडियो दिलासा बस्नेतको निर्माण तथा शिशिर खातीको निर्देशनमा बन्न लागेको हो ।
लम्साल पछिल्लो समय फिल्म निर्माणको तयारीमा छन् । बेले इन्टरटेनमेन्टबाट फिल्म निर्माण गर्न लागेका उनले फिल्म अगाडि आफ्नो प्रोडक्सन चर्चा दिलाउन भिडियो निर्माण गर्दै आएका छन् । फिल्मको स्क्रिप्ट पनि उनी आफैँ लेखिरहेका छन् । जसको काम अन्तिम चरणमा छ । उनले निर्माण गर्ने फिल्म कमेडी र प्रेमकथामा हुनेछ ।
‘लोफर’बाट अभिनय यात्रा सुरु गरेका सागरले ‘बले’ उपनाम यही फिल्मबाट पाएका थिए । त्यसपछि ‘भद्रगोल’ हुँदै हाल ‘सक्किगोनी’ सिरियलसम्म आउँदा उनले यो उपनाम छोडेका छैनन् । उनलाई धेरैले नामले भन्दा पनि ‘बले’ उपनामले चिन्छन् ।
बाल्यकालदेखि फिल्मको हिरो बन्ने सपना पालेका सागर पछिल्लो समय म्युजिक भिडियोमा निकै ब्यस्त छन् । महिनामा १० देखि १२ म्युजिक भिडियो अभिनय गर्ने गरेको उनले बताए । आफूले निर्माण गर्ने फिल्ममा पनि उनको मुख्य भूमिकामा देखिने योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण