सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सुन तस्करी प्रकरण

दावा छिरिङले लिएको नागरिकताबारे छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

मङ्गलबार, १२ भदौ २०८०, २० : ०८
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ गरिएका दावा छिरिङको नागरिकताबारे छानबिन गर्न समिति गठन गरिएको छ । तिब्बती मूलका बेल्जियन नागरिक छिरिङले लिएको नेपाली नागरिकता बारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको हो । उप–सचिव कृष्ण बहादुर कटुवालको नेतृत्वमा समिति गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता सह–सचिव नारायण प्रसाद भट्टराईले रातोपाटीलाई बताए ।

ठमेल स्थित ‘होटल भियना’को सञ्चालक समेत रहेका छिरिङले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको भेटिएको छ । २०७४ पुस २० मा उनले काभ्रेबाट नागरिकता लिएका हुन् ।

हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ गरिएका ४ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । ३ जनाले काभ्रेबाट र एकजनाले काठमाडौँबाट नागरिकता लिएका हुन् ।

काठमाडौँ महानगरपालिका–२ स्थित लाजिम्पाट बस्ने छिरिङको नेपालका हाइप्रोफाइलसँग सम्पर्क देखिएको छ । हाइप्रोफाइलहरुको सिफारिसमा उनले नागरिकता लिएको आशङ्का गरिएको छ । नागरिकता शाखाका उप–सचिव कटुवाल नेतृत्वको समितिलाई दावाको नागरिकता छानबिन गर्नेबारे कार्यादेश दिएको गृह प्रवक्ता भट्टराईले बताए । उनले भने–‘तस्करीमा संलग्न अरू चिनियाँले लिएको नागरिकताबारे प्रहरीले अनुसन्धान गर्दै छ ।’

काभ्रेबाट नागरिकता लिनेमा चिनियाँ नागरिक ली–नेङकाई, डिङ सेग्फा र बेल्जियन दावा छिरिङ छन् । दावा छिरिङको साथमा ३०–०१–७४–११८६५ नम्बरको नेपाली नागरिकता फेला परेको छ ।

चिनियाँ नागरिक ली वेन सुङले छिरिङ लामाको नामबाट जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिएको भेटिएको छ । सुन तस्करीको आरोपमा पक्राउ गरिएका एकजना चिनियासँग भारतीय आधार कार्ड फेला परेको छ । तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङ र चिनियाँ ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ्गको साथमा भारतको आधार कार्ड भेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप