आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

सुन तस्करीको अभियोगमा थप ४ जना चिनियाँ नागरिक पक्राउ

बुधबार, ३१ साउन २०८०, १७ : ०३
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । प्रहरीले तस्करीको सुन प्रकरण अभियोगमा थप चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । बुधबार चिनियाँ नागरिक टीयान मी, वेन तोङ, डीङ सेग्फा र ली–नेङकाईलाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआइजी कुवेर कडायतले रातोपाटीलाई बताए । 

प्रहरीका अनुसार उनीहरुलाई संगठित सुन तस्करीको अभियोगमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ । प्रवक्ता कडायतले उनीहरुलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरिएको बताए । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप