रुसको विमानस्थलमा ड्रोन आक्रमण
रुसको उत्तर पश्चिमी सहर पेस्कोभको एयरपोर्टमा ड्रोन आक्रमण भएको बताइएको छ । रुसका स्थानीय सञ्चार माध्यमले सो कुरा बताएका छन् ।
स्थानीय गभर्नरले सेनाले आक्रमणलाई विफल पारेको बताएका छन् । गभर्नरले एक भिडियो सेयर गरेका छन्, जसमा विस्फोटको आवाज सुन्न सकिन्छ भने आगलागी भइरहेको देख्न सकिन्छ ।
रुसी सञ्चारमाध्यममा चार वटा ट्रान्सपोर्ट विमानमा क्षति पुगेको समाचार बाहिरिएको छ । बीबीसीले भने यो रिपोर्ट पुष्टि गर्न नसकेको बताएको छ ।
रुसी समाचार एजेन्सी टासका अनुसार ड्रोन आक्रमणपछि दुई वटा विमानमा आगो लागेको छ ।
पेस्कोभका गभर्नर मिखाइल भेडेर्निकोभले प्रारम्भिक अनुसन्धानले आक्रमणमा कुनै हताहत नभएको बताए ।
पेस्कोभ युक्रेनबाट ६०० किलोमिटर टाढा छ र यो इस्टोनियाको नजिक छ ।
युक्रेनले यस हमलामा आफ्नो संलग्नताबारे केही बताएको छैन । युक्रेनले विगतमा रुसभित्र भएका आक्रमणबारे विरलै प्रतिक्रिया दिने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण