‘कर्मचारी सरुवा मापदण्ड’ रोक्न नापी विभागका महानिर्देशकको सरुवा
काठमाडौँ । नापी विभागका कर्मचारीको रजगज रोक्ने लक्ष्यसहित बनिरहेको ‘सरुवा मापदण्ड’ रोक्न महानिर्देशक जनकराज जोशीको सरुवा गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उनलाई विभागको महानिर्देशकबाट सरुवा गरेको हो ।
जोशी विगत ८ महिनायता विभागको महानिर्देशक थिए । त्यसक्रममा जोशीले नापी विभागभित्र लामो समयदेखि अड्डा जमाएका र फर्किफर्की आउने पहुँचवाला कर्मचारी सरुवा गर्ने लक्ष्यसहित मापदण्ड बनाइरहेका थिए । तर, मापदण्डको अन्तिम टुंगो लाग्ने समयमा भने जोशी सरुवा भएका हुन् ।
‘महानिर्देशक बनेर आएपछि उहाँ (जोशी)ले मापदण्ड बनाइरहनुभएको थियो,’ स्रोत भन्छ, ‘तर, पहुँचवाला कर्मचारीले सरुवा गरिदिए ।’ कर्मचारी सरुवा सम्बन्धी मापदण्ड बनेको भएमा नापी विभागका विभिन्न निकायमा अड्ड जमाएर वर्षौदेखि बसेका कर्मचारी सरुवा हुन्थे । मापदण्डमा विभाग आएको २ वर्षमा सरुवा हुने, सरुवा भएको १० वर्षसम्म सोही कार्यालयमा फर्कन नपाउने लगायतका व्यवस्था थिए ।
‘आफूले वर्षौदेखि अड्ड जमाएको मालदार अड्डा छाड्ने डर कर्मचारीमा देखिन्थ्यो,’ स्रोत भन्छ, ‘महानिर्देशकसँग यसबारे पटक–पटक जानकारी लिइरहन्थ्यो ।’ हाल उक्त मापदण्ड मन्त्री रञ्जिता श्रेष्ठ चौधरी र सचिव गोकर्णमणी दुवाडीको कार्यकक्षमा पुगेको छ । तर, पारित हुनुअघि नै महानिर्देशक सरुवा भएपछि मापदण्ड समेत अलपत्र पर्ने मन्त्रालयका एक कर्मचारीले रातोपाटीलाई बताए ।
महानिर्देशक जोशी भने सरुवाको सूचना सुनेपनि मन्त्रालयबाट पत्र नपाएको बताउँछन् । ‘मैले पत्र पाएको छैन । मन्त्रालय आधिकारिकरुपमा जानकारी दिएको छैन,’ उनले भने, ‘यदि सरुवा भएको रहेछ भनेपनि कर्मचारी सरुवा÷बढुवा मन्त्रालयको नियमित प्रक्रिया हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण