एमसीसीविरुद्ध राष्ट्रिय जनमोर्चाद्वारा बुटवलमा प्रदर्शन
बुधबार, १३ भदौ २०८०, १८ : ५३
बुटवल । राष्ट्रिय जनमोर्चाले एमसीसीको विरोधमा बुटवलमा प्रदर्शन गरेको छ ।
बुटवलमा आयोजित कोणसभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलमले एमसीसी नेपाल र नेपालीको हितमा नभएको बताए ।
एमसीसी परियोजनाले नेपालको सार्वभौमिक, स्वतन्त्रता र स्वाधीनतामाथि गम्भीर खतरा रहेको भन्दै उनले एमसीसी खारेजी गर्नुपर्ने बताए ।
नेकपा मसाल रुपन्देहीका प्रवक्ता लालचन पन्तले एमसीसी अमेरिकाको सहयोग नभई लगानी भएकाले खारेज गर्नुको विकल्प नभएको बताए ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीले कोशी, गण्डकी सम्झौता र महाकाली सन्धि नेपालीले विरोध गर्दागर्दै पास गरिँदा अहिले धोका भएको बताउँदै एमसीसी पनि नेपालको लागि धोका हुने बताए ।
सर्तसहितको एमसीसी र संघीयता नेपालको हितमा नभएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण