बंगलादेशमा डेंगु संक्रमितको संखया एक लाखभन्दा बढी
ढाका । बंगलादेशमा पछिल्लो २४ घण्टामा दुई हजार २९१ नयाँ डेंगुका बिरामी फेला परेका छन् भने थप १३ जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले बुधबार जनाएको छ ।
यस वर्षको जनवरीदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या एक लाख १९ हजार १३३ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले जनाएको छ । बंगलादेशमा अगष्टमा ३१८ र जुलाईमा २०४ जनाको मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत महिना ४३ हजार ८५४ जनामा लामखुट्टेको टोकाइबाट डेंगुको सङ्क्रमण देखिएको थियो ।
अगस्टको पहिलो २९ दिनमा थप ६७ हजार ३०१ जनामा डेंगुको संक्रमण देखिएको थियो महानिर्देशनालयका अनुसार मंगलबार दुई हजार २७२ जना थप बिरामी निको भएर घर फर्किएका सहित कूल निको हुनेको सङ्ख्या एक लाख १० हजार ३४६ पुगेको छ ।
लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बंगलादेशमा जुन–सेप्टेम्बरको मनसुन अवधि डेंगु ज्वरोको मौसम हो ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण