नेपालमा आठौँ दक्षिण एसियाली न्युरो सर्जरी शिखर सम्मेलन हुने

काठमाडौँ । नेपालमा दक्षिण एसियाको न्यूरो सर्जरी अर्थात स्नायु शल्य चिकित्सा सम्बन्धी अन्तर्राष्ट्रिय शिखर सम्मेलन हुने भएको छ ।
भदौ २१ देखि २३ गतेसम्म ललितपुरको कुपन्डोलस्थित हिमालय होटेलमा सम्मेलन हुन लागेको नेपाल न्युरो सर्जन समाजका अध्यक्ष डा प्रवीण श्रेष्ठले जानकारी दिए ।
तीन दिनसम्म चल्ने उक्त सम्मेलनको पहिलो दिनमा न्यूरो सर्जरी रेजिडेन्ट चिकित्सक (तालिमरत चिकित्सक) लाई न्यूरोसर्जरी सम्बन्धी विभिन्न विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूद्वारा तालिम दिइने उनले बताए ।
यस्तै, दोस्रो र तेस्रो दिनमा दक्षिण एसियाका आठै देश लगायत अमेरिका, युरोप, जापान, चीन, क्यानडा, इजरायल आदि देशहरूबाट न्यूरोसर्जरी सम्बन्धी विज्ञहरूको सहभागिता रहने छ । सो क्रममा १५० वटाभन्दा धेरै कार्यपत्रहरू प्रस्तुत गरिने उनले बताए ।
दक्षिण एसियाली सम्मेलन सन् १९९९ मा पहिलो पल्ट नेपालबाट नै सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग
-
एनसेलले ल्यायो प्रिपेड ग्राहकका लागि तीनवटा नयाँ साप्ताहिक रिन्यूअल प्याक
-
काठमाडौं परिसरबाट थुनुवा भागे
-
दुई हिमाल आरोहणपछि कविता नेपालीले के भनिन् ?
-
चिहानबाट चोरिएको जिम माेरिसनको मूर्ति ३७ वर्षपछि भेटियो
-
एकीकृत समाजवादीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा (कार्यतालिकासहित )