डेंगु संक्रमितको सख्या २१ हजारभन्दा बढी नाघ्यो
काठमाडौँ । डेंगु संक्रमितको सङ्ख्या बढ्दै गएको छ । डेंगु संक्रमित २१ हजारभन्दा बढी नागेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तंथ्यांक अनुसार २१ हजार २०६ जनामा संक्रमण भएको छ ।
गएको साढे सात महिनाको अवधिमा ७५ जिल्लामा डेंगु संक्रमणका कारण १३ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै कोशी प्रदेशमात्रै १६ हजार २१६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसपछि बागमती प्रदेशमा ३ हजार १४६ जनामा पुष्टि भएको छ भने तेस्रोमा गण्डकी प्रदेशमा ६४८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै, क्रमशः सुदूरपश्चिम प्रदेश ५९८, लुम्बिनी प्रदेश ३६४, मधेस प्रदेशमा १९१ र कर्णाली प्रदेशमा ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
ईडीसीडीले डेंगु संक्रमित एक सयभन्दा बढी पुष्टि भएका १० जिल्ला छुट्याएको छ । १० जिल्ला मध्ये सबैभन्दा बढी सुनसरी जिल्लामा ११ हजार ६५९ जना संक्रमित भएको महाशाखाले जनाएको छ ।
दोस्रोमा २२ सय ४२ केस मोरङमा पुष्टि भएको छ । त्यसपछि २ हजार १०१ केश धनगडीमा पुष्टि भएको छ । क्रमशः १३ सय २३ झापा, ४२७ काठमाडौँ, ३३६ धनकुटा, २७२ सङ्खुवासभा, २६० कास्की, १९४ दार्चुला र १७४ जनामा ललितपुरमा पुष्टि भएको ईडीसीडीकोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण