मंगल शाही कर्णालीका कार्यवाहक मुख्यमन्त्री
शुक्रबार, १५ भदौ २०८०, १४ : ०३
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा स्वीट्जरल्याण्ड भ्रमणमा गएपछि कार्यवाहक मुख्यमन्त्रीमा मंगलबहादुर शाहीलाई तोकिएको छ । प्रदेश प्रमुख तिलक परियारले भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री समेत रहेका शाहीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।
मुख्यमन्त्री शर्मा सेप्टेम्बर १ देखि २ सम्म स्वीट्जरल्याण्डको जुरीचमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुनका लागि गएका छन् । बुधबारदेखि अनुपस्थित हुने गरी मुख्यमन्त्रीको सचिवालयले प्रदेश प्रमुखको कार्यालयलाई पत्र लेखेको थियो ।
प्रदेश प्रमुख परियारले संविधानो धारा १५५ बमोजिम मन्त्री शाहीलाई कार्यवाहक मुख्यमन्त्री तोकेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव बेचबिखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य
-
१२ बजे १२ समाचार: सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वानदेखि मन्त्रीहरूको कामभन्दा स्टन्ट बढीसम्म
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण