भागबण्डा माग्दै सुदूरपश्चिम विश्वविद्यालयमा तोडफोड
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयमा तोडफोड भएको छ । नेकपा समाजवादी निकट अनेरास्ववियूले आज विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरेको हो । समाजवादी निकट विद्यार्थीहरुले परीक्षा नियन्त्रक देवसिंह नाथ र सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंहको कार्यकक्षमा तोडफोड गरेका हुन् ।
विश्वविद्यालयको परीक्षा नियन्त्रक देवसिंह नाथले समाजवादीका सिधै १२–१५ जना नेता –कार्यकर्ताले कार्यालयमा तोडफोड गरेको बताए । सहायक परीक्षा नियन्त्रक सिंह र परीक्षा नियन्त्रक नाथको कार्यकक्षमा रहेका सिसा, टेबुल, कुर्सी, कागजपत्र भएको दराज तोडफोड भएको छ ।
_KmIRHZeUzS.jpg)
समाजवादी निकट विद्यार्थी संगठनले भागबन्डा मागेकै कारण तालाबन्दी गरेको परीक्षा नियन्त्रक नाथले बताए । उनले भने, ‘हामीहरू उहाँहरूसँग ६–६ पटक वार्तामा बस्यौ । तर, भाग चाहियो भन्ने, अब हाम्रो स्तरबाट उहाँहरूलाई भाग दिन सक्ने कुरो भएन, भाग नै माग्ने भए कार्यकारीसँग माग्नुपर्यो ।’
उनीहरुले विश्वविद्यालयका विभिन्न आंगिक तथा विभागमा समाजवादी निकटका प्राध्यापकलाई जिम्मेवारी दिनुपर्ने माग राख्दै आएका छन् । परीक्षा नियन्त्रकको कार्यकक्ष तोडफोड गरेपछि कार्यालयको कामकाज प्रभावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण