सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय पुस्तकालय निर्माण निर्वाध ढंगले अगाडि बढाइनेछ : शिक्षामन्त्री

शुक्रबार, १५ भदौ २०८०, १६ : ४३
शुक्रबार, १५ भदौ २०८०

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई निर्वाध ढंगले अगाडी बढाउन पहल थाल्ने बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित १६ औं पुस्तकालय दिवस २०८० को अवसरमा शिक्षामन्त्री राईले पुस्तकालय भवन निर्माणमा देखिएको बाधा अड्चनलाई हटाएर राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई अगाडि बढाइने बताएका हुन् । 

मन्त्री राईले पुस्तकालय निर्माणको काममा आइपरेका अवरोधलाई प्रकृयासंगत रुपमा अगाडी बढाइने बताए । उनले अहिले युवाहरुमा पठन संस्कृतीको अभाव भएको भन्दै युग अनुकूल पुस्तकालयहरुलाई उन्नत गर्दै लैजानुपर्ने देखिएको बताए । मन्त्री राईले केन्द्रीय पुस्तकालय निर्माण भनेर बजेट विनियोजन गरिए पनि निर्माण कार्यमा अवरोध सृजना भएको बताए ।

‘केही प्रश्न उठ्यो । केन्द्रीय पुस्तकालय किन नबनेको होला ? अरु धेरै धेरै चिज बनिसके । मैले पनि बुझ्नै पर्ने गहिरो कुरो पर्याछ । पैसा त अहिले पनि छुट्टिएको छ । साथीहरुले बताउनु भएअनुसार त्यो पैसा खर्च गर्न मिल्ने छैन रे । कानूनी व्यवधानहरु छन् रे । मन्त्रालयमा बजेटको ब्रिफिङ गर्ने बेलामा केन्द्रीय पुस्तकालय निर्माण भनेर पैसा छुट्टिएको छ’ मन्त्री राईले भने, ‘सर्वोच्च अदालतको फैसलाले हामीलाई केही प्रकृया पूरा गर भनेर भनेको अवस्था रहेछ । त्यो प्रकृया पूरा गर्ने बेला टेबलमा फाइल आइपुग्यो भनेर सचिवज्युले मलाई भन्नुभयो । जे होस् केन्द्रीय पुस्तकालयको निर्माणको काम छिटो पूरा गरेर निर्वाध ढंगले अगाडी बढाउने संकल्प यहाँहरु समक्ष म प्रस्तुत गर्न चाहन्छु ।’

उनले पुस्तकालय दिवसलाई काठमाडौँ  केन्द्रित नभएर पुस्तकालय भएका स्थानमा पनि मनाउनुपर्ने बताए । पुस्तकालय दिवसले युवा पुस्तालाई ज्ञान आर्जन गर्न पुस्तक पढ्नुपर्छ भन्ने धारणाको विकास गर्न मद्दत पुग्ने शिक्षामन्त्री राईको भनाई छ । पुस्तकालय दिवसको अवसरमा उत्कृष्ट पाठकको रुपमा गोदावरीकी रुक्मिणी चालिसे र पुस्तकालयकर्मी जोगप्रसाद पाण्डेलाई सम्मान गरिएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप