संसदमा छिर्न लाग्यो भनेर ममाथि दुष्प्रचार गरियो : महासचिव विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूलाई संसदमा प्रवेश गर्न लागेको भनेर दुष्प्रचार गरिएको बताएका छन् ।
समाजवादी मोर्चाको सभालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले आफूलाई संसद्मा छिर्न खोजेको भनेर बजारमा भ्रम फैलाइएको बताएका हुन् । उनले भ्रम प्रचार गर्ने मान्छेपनि सफल नहुने बताए ।
महासचिव विप्लवले आउँदो दशक नेपालको समाजवादी आन्दोलनको विजय दशक बनाउने गरी समाजवादी मोर्चामा छलफल भइरहेको बताए । उनले जबरजस्त विश्व भूमण्डलीकरण र ध्रुवीकरणको प्रभावमा पार्ने र नेपाली जनताको चाहना विपरीत अन्तर्राष्ट्रियकरण सैन्य मैदान बनाउने षड्यन्त्र भइरहेको बताए । उनले नेपाल देशभक्तहरुको रहेको भन्दै नेपाली स्वाधीनताको रक्षाका लागि सम्पूर्ण देशभक्तीहरु एक हुनुपर्ने बताए ।
महासचिव विप्लवले देशको स्वाधीनता रक्षा गर्न समाजवादी मोर्चाहरु मिलेर जानुपर्ने बताए । उनले संसदलाई क्रान्तिको साधनको संज्ञा दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण