बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा छिर्न लाग्यो भनेर ममाथि दुष्प्रचार गरियो : महासचिव विप्लव

शुक्रबार, १५ भदौ २०८०, १८ : ५२
शुक्रबार, १५ भदौ २०८०

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूलाई संसदमा प्रवेश गर्न लागेको भनेर दुष्प्रचार गरिएको बताएका छन् ।  

समाजवादी मोर्चाको सभालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले आफूलाई संसद्मा छिर्न खोजेको भनेर बजारमा भ्रम फैलाइएको बताएका हुन् । उनले भ्रम प्रचार गर्ने मान्छेपनि सफल नहुने बताए । 

महासचिव विप्लवले आउँदो दशक नेपालको समाजवादी आन्दोलनको विजय दशक बनाउने गरी समाजवादी मोर्चामा छलफल भइरहेको बताए । उनले जबरजस्त विश्व भूमण्डलीकरण र ध्रुवीकरणको प्रभावमा पार्ने र नेपाली जनताको चाहना विपरीत अन्तर्राष्ट्रियकरण सैन्य मैदान बनाउने षड्यन्त्र भइरहेको बताए । उनले नेपाल देशभक्तहरुको रहेको भन्दै नेपाली स्वाधीनताको रक्षाका लागि सम्पूर्ण देशभक्तीहरु एक हुनुपर्ने बताए ।

महासचिव विप्लवले देशको स्वाधीनता रक्षा गर्न समाजवादी मोर्चाहरु मिलेर जानुपर्ने बताए । उनले संसदलाई क्रान्तिको साधनको संज्ञा दिए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप