आजदेखि एमाले लुम्बिनी प्रदेश अधिवेशन सुरु हुँदै
शनिबार, १६ भदौ २०८०, ०८ : ४०
बुटवल ।भदै १६ नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले)को प्रथम लुम्बिनी प्रदेश अधिवेशन बुटवलमा आजदेखि सुरु हुँदैछ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज र भोलि हुने अधिवेशनका लागि विभिन्न जिल्लाहरूबाट प्रतिनिधिहरू बुटवलमा आइसकेका छन् ।
अधिवेशन उद्घाटनका लागि पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू दिउँसो साढे १२ बुटवल आउँदैछन् । केन्द्रीय तहका केही नेताहरू बुटवलमा आएर बसेका छन् ।

सम्मेलन पूर्व बिहान १० बजेदेखि बुटवलका १९ वटै वडाहरू, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराहाबाट जुलुस तथा झाँकीसहित सम्मेलन स्थलमा प्रवेश गर्नेछन्। आज अधिवेशन उद्घाटन हुनेछ भने भोलि बन्द सत्र कार्यक्रम रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी प्रशान्त टापुहरू नजिक ‘अत्यन्त खतरनाक’ आँधीको जोखिम
-
लुम्बिनीमा बजेटमाथिको सैद्धान्तिक छलफल सकियाे, सोमबार र मङ्गलबार मन्त्रालयगत छलफल
-
इन्टर मियामीको नजरमा केप भर्डेका गोलरक्षक भोजिन्हा
-
सुकुमबासीको चमेली बोल्दिने कोही छैन
-
गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहताले गरिन् कोशी अस्पतालको निरीक्षण
-
एनपीएल : अक्सनमार्फत ५२ जना खेलाडी छानिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण