चीनको नक्साले नेपालको राष्ट्रियताको रक्षाको प्रश्न झन् चुनौतीपूर्ण : राष्ट्रिय जनमोर्चा
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले चीनले जारी गरेको नयाँ नक्साले नेपालको राष्ट्रियताको रक्षाको प्रश्न झन् चुनौतीपूर्ण बनेको ठहर गरेको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकले सो निष्कर्ष निकालेको हो ।
‘चीनले समेत कालापानीको विषयमा भारतको पोजिसनलाई घुमाउरो प्रकारले समर्थन गरेर नक्सा जारी गरेकोले नेपालको राष्ट्रियताको रक्षाको प्रश्न झन् चुनौतीपूर्ण बनेको छ,’ पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियताको रक्षाका लागि बैठकले संघर्षमा जोड दिएको छ ।’
मुलुकको राष्ट्रियतामाथि पनि गम्भीर खतरा उत्पन्न भएको पनि पार्टीले बताएको छ । बैठकको निर्णय सार्वजनिक गर्दै भनिएको छ, ‘एकातर्फ भारतीय साम्राज्यवाद अर्कोतर्फ अमेरिकी साम्राज्यवादले नेपालको राष्ट्रियतामाथि निरन्तर हस्तक्षेप र दबाब दिइरहेका छन् । एमसीसी जस्तो राष्ट्रघाती सम्झौतालाई कार्यान्वयनमा लगेर नेपालको असंलग्न परराष्ट्र नीति धराशायी हुने र नेपाल विदेशीहरूको क्रिडास्थल बन्ने खतरा उत्पन्न भएको हुनाले बैठकले एमसीसीको खारेजीमा जोड दिने ठहर गरेको छ ।’
केन्द्रीय समितिको बैठक मुख्यतया असोज महिनामा सञ्चालन गरिने देशव्यापी संगठनात्मक अभियानको योजनाका सम्बन्धमा छलफल गर्न तथा राष्ट्रघाती एमसीसी सम्झौता र संघीयताका विरुद्धको संघर्षलाई अगाडि बढाउन आयोजना गरिएको थियो । बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिका बारेमा गम्भीर रूपमा छलफल भएको पार्टी अध्यक्ष केसीले जानकारी दिएका छन् ।
असोजमा सञ्चालन गरिने देशव्यापी संगठनात्मक अभियान तथा संघर्षलाई सफल पार्न प्रदेश, जिल्ला र स्थानीय तहका समेत बैठक बस्ने केन्द्रीय समितिले निर्णय गरेको छ । त्यस अनुसार बागमती प्रदेशको भाद्र १७ गते, सुदूरपश्चिम प्रदेशको भाद्र १८ गते, गण्डकी प्रदेशको भाद्र २५ गते, कर्णाली प्रदेशको भाद्र २२ गते, लुम्बिनी प्रदेशको भाद्र ३० गते बैठक बस्ने निर्णय भएको छ ।
बैठकले केन्द्रीय समितिमा रिक्त रहेको पदमा वैकल्पिक सदस्य बेदीलाल सापकोटा (बागलुङ) लाई सहवरण गरेको छ । रिक्त रहेको ३ वटा वैकल्पिक सदस्यको पदमा निलगोविन्द महर्जन (ललितपुर), मेघनाथ विष्ट (रोल्पा) र पूर्णबहादुर थापा (गुल्मी) लाई सहवरण गरेको छ । त्यसैगरी रिक्त रहेको केन्द्रीय सल्लाहकारमा हरि आचार्य (प्यूठान) लाई चयन गरेको छ ।
बैठकले बागमती प्रदेशको इन्चार्जमा केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल, गण्डकी प्रदेशको इन्चार्जमा केन्द्रीय सल्लाहकार अमर थापा र चितवन जिल्लाको इन्चार्जमा केन्द्रीय सदस्य डम्बर पुरीलाई चयन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण