गजल
दिलैदेखि चोखो माया लाउन पाऊँ मैले
शनिबार, १६ भदौ २०८०, १४ : १८
सधैँ सधैँ तिम्रो छेउ आउन पाऊँ मैले
दिलैदेखि चोखो माया लाउन पाऊँ मैले ।
कोइलीको झैँ बोली तिम्रो चन्द्र झैँ मुहार
तिम्रो प्रित तिम्रै गीत गाउन पाऊँ मैले ।
मनभित्र तिम्रै बास धड्कनमा राज !
आँखाभरि तिमीलाई नै छाउन पाऊँ मैले ।
तिम्रो यादले आँखाभरि टल्पलाउँछन् आँसु
लोलाएका नयन यी सुकाउन पाऊँ मैले ।
सुख आफैँ काट्दै जाऊँ दुःख पर्दा सम्झ
आपतमा घाम झैँ उदाउन पाऊँ मैले ।
फोक्सिङ, गुल्मी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण