बायर्नको लगातार तेस्रो जीत
आइतबार, १७ भदौ २०८०, ०९ : २९
म्युनिख । साबिक विजेता बायर्न म्युनिखले गोलले पछि परेको स्थिति उल्टाउँदै बोरुसिया मोचेनग्लाडब्याचलाई २–१ गोलले पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा को इटाकुराले ३० औँ मिनेटमा मोचेनग्लाडब्याचलाई अग्रता दिलाएका थिए । तर, लिरोय सानेले दोस्रो हाफको ५८ औँ मिनेटमा नै बायर्नलाई खेलमा फर्काएका थिए ।
खेल सकिन ३ मिनेट बाँकी छँदा माथेयस टेलले निर्णायक गोल गर्दै टोलीलाई जीत दिलाए । बुन्डेस लिगामा बायर्नको यो लगातार तेस्रो जीत हो । यद्यपि, टोली गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ ।
शनिबार नै बायर लेभरक्युजनले एसभी डार्मास्टाडलाई ५–१ गोलले हराउँदै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण