झण्डै ३० अंकले घटेर नेप्से सूचक १९६० को विन्दुमा, सवा अर्बको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचकमा झण्डै ३० अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिने नेप्से सूचक २९.८१ अंकले घट्दै १९६०.७८ को विन्दुमा ओर्लिएको हो ।
सेन्सेटिभ इन्डेक्स समेत आज ५.०९ अंकले घटेर ३७६.६२ को विन्दुमा झरेको नेप्सेले जनाएको छ ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । होटल तथा पर्यटन समूहको उपसूचक सबैभन्दा बढी ३.०३ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक ३.०३ प्रतिशतले र जीवन बीमा र नर्जीवन बीमा समूहको उपसूचक समान २÷२ प्रतिशतले घटेका छन् ।
समग्रमा २९ अंकले घटेको बजारमा आज कूल १ अर्ब १८ करोड ६६ लाख १८ हजार रुपैयाँ बराबरको ४० लाख ५३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज नेप्सेले जनाएको छ ।
आज थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने यता लिवर्टी ईनर्जी कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण