श्रीलङ्का : आँधीबाट सावधानी अपनाउन मछुवा र नौसेनालाई निर्देशन
कोलम्बो । श्रीलङ्काको मौसम विज्ञान विभागले आइतबार टापुको तटीय क्षेत्रमा हावाको गति ६० देखि ७० किलोमिटर प्रतिघण्टासम्म बढ्न सक्ने पूर्वानुमान गर्दै जलसेना तथा मछुवालाई सतर्क रहन आग्रह गरेको छ ।
हम्बनटोटादेखि पोट्टुभिलसम्मको समुद्री क्षेत्र र पुत्तलामदेखि मन्नार, कनकासन्थुराई हुँदै त्रिन्कोमालीसम्मको समुद्री क्षेत्रमा हावाको गति बढ्न सक्ने विभागले जनाएको छ ।
“पुत्तलामदेखि कोलम्बो र गाले हुँदै हम्बनटोटासम्म फैलिएको समुद्री क्षेत्रमा कहिलेकाहीँ हावाको गति ५० देखि ६० किलोमिटर प्रतिघण्टासम्म बढ्न सक्छ । उपरोक्त समुद्री क्षेत्रमा माछा मार्ने र नौसैनिक गतिविधिमा संलग्न नौसेना र माछा मार्ने समुदायहरूलाई यस सम्बन्धमा सतर्क रहन अनुरोध गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले एक छुट्टै पूर्वानुमान जारी गर्दै देशको दक्षिण–पश्चिमी भू–भागमा अझै वर्षाको सम्भावना रहेको जनाएको छ ।
पश्चिमी र सबरागामुवा प्रान्तका केही स्थानमा तथा गाले, मातरारा र नुवारा एलिया जिल्लाका केही स्थानमा १०० मिलिमिटरभन्दा माथिको भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मेघगर्जन र चट्याङसहित क्षणिक रुपमा हावाहुरी र चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि पर्याप्त सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरिएको हो ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण