सशस्त्र प्रहरीमा बढुवा भएका ५६ एसपीलाई दर्ज्यानी चिह्न प्रदान
आइतबार, १७ भदौ २०८०, २२ : ३९

काठमाडौँ । सशस्त्र प्रहरीमा डीएसपीबाट एसपीमा बढुवा भएका ५६ जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सशस्त्र प्रहरीको प्रधान कार्यालय हल्चोकमा आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बढुवा भएका एसपीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
बढुवा हुनेमा दर्शन गिरी, गुणराज न्यौपान, प्रेम प्रसाई, आनन्द थापा मगर र निवन कुमार खड्का सहित ५६ जना छन् । उनीहरु २०६० भदौमा इन्स्पेक्टरमा सेवा प्रवेश गरेका थिए । भदौ ४ गते बसेको गृह मन्त्रालयको सचिवस्तरीय बैठकबाट उनीहरु बढुवा सिफारिस भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीमाटी–टेकु पुल भत्काउने कि सञ्चालन गर्ने ? संसद् र सरकारबिच विवाद
-
कालीगण्डकी करिडोर : राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र
-
अमेरिकामा २० वर्षीय प्रसन नेपालविरुद्ध विश्वव्यापी बाल यौन शोषण नेटवर्क चलाएको अभियोग
-
प्रिसा साह मृत्यु प्रकरण : ओडिसा सरकारले भन्यो- घटनाको छानबिन सुरु भइसक्यो
-
प्रिसा साह मृत्यु प्रकरण : परराष्ट्र मन्त्रालयले थाल्यो छानबिनका लागि कूटनीतिक पहल
-
नवनियुक्त राज्यमन्त्रीको शपथ ग्रहण आज