बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

शान्ति प्रक्रिया टुङ्गोमा नपुग्दा हामी द्वन्द्व पीडित देशमा वर्गीकृत छौँ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

सोमबार, १८ भदौ २०८०, ११ : ३४
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले शान्ति प्रक्रिया टुङ्गोमा नपुग्दा नेपाल द्वन्द्व पीडित देशमा वर्गीकृत हुनुपरेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन अब कुनै पनि बहानामा ढिलाइ गर्न नहुने बताएका हुन् । 

उनले विश्वमान चित्रमा नेपाललाई द्वन्द्व पीडित देशबाट शान्तिमय देशमा बदल्नुपर्ने जिकिर गरे । उहाँले भन्नुभयो, ‘यो देश हाम्रो शान्तिमय देशको रूपमा संसारको मानचित्रमा बसेको देश हो । केही समय हामी द्वन्द्व पीडित देशमा वर्गीकृत छौँ । विश्वमान चित्रमा द्वन्द्वपीडित राष्ट्रमा हामी चित्रित छौँ । यो शान्ति प्रक्रिया टुङ्गोमा नपुगेका कारणले यो चित्र हाम्रो निरन्तर छ । यो निरन्तर भएको चित्रलाई बदल्नुपर्छ । ग्लोबल म्यापबाट हामीले द्वन्द्वपीडित राष्ट्र होइन, शान्तिमय देशको रूपमा बदल्नुपर्छ । यो जस सम्माननीय प्रधानमन्त्रीको कार्यकालमा होस् ।’

पूर्वप्रधानन्यायधीश श्रेष्ठले दिगो शान्ति ल्याउन न्यायिक आधारमा सुदृढ गर्नुपर्ने बताउँदै न्यायलाई इन्कार गरेर दिगो शान्ति हुन नसक्ने उल्लेख गरे । ‘पीडितलाई न्यायको प्रतीक्षा अब ढिलाइ हुन दिनु हुँदैन । यो समाधान गर्न सकिने विषय हो । राष्ट्रिय प्रयासबाट हुनसक्छ । हामीमा ऊर्जा, साहस, लगन र उदारतामा जरुरी छ । राजनीतिक पाटोबाट उपलब्धि हासिल त भए, राजनीतिक वर्गले केही उपलब्धि त लिए, तर जतिसुकै जनआन्दोलन भए पनि त्यो जनआन्दोलन वा क्रान्तिमा भएका अपचारहरू, अन्यायहरू सहिदेऊ भनेर पीडितलाई भन्ने अधिकार कसैलाई छैन । अन्याय सहन हुँदैन, सहन भन्नु हुँदैन । त्यो तर्जुमा गर्न सक्ने भनेको न्यायबाट हो,’ श्रेष्ठले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप