भेरी बबई ड्राईभर्सनको काम दुई वर्षभित्र पुरा गर्न उर्जामन्त्रीको निर्देशन
सुर्खेत । नेपाल सरकारका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको आयोजना भेरी बबई ड्राईभर्सनको काम आगामी दुई बर्षभित्र पुरा गर्ने गरी कार्य योजना बनाउन निर्देशन दिएका छन् । आइतबार भेरी बबई डाईभर्सनको स्थलगत अनुगमन पछि आयोजनाका कर्मचारी, ठेकेदार कम्पनीका कर्मचारीहरुसंगको छलफलका क्रममा मन्त्री बस्नेतले आगामी दुई बर्षमा काम सम्पन्न गर्नका लागि ठोस कार्य योजना बनाउन निर्देशन दिएका हुन् ।
तोकिएको अवधिमा काम सम्पन्न गर्ने अवस्था नभए निर्माण अवधिको म्याद मात्र थपेर नहुने भन्दै मन्त्री बस्नेतले आगामी दिनमा म्याद मात्र थमौती गर्ने काम सरकारले नगर्ने बताए । ड्राईभर्सनको काम चाहे अनुसार अगाडी बढ्न सकेको छैन, आगामी दुई वर्ष भित्रमा आयोजनाको काम सक्ने गरी कार्य योजना बनाउनुपर्यो । मन्त्री बस्नेतले भने, ‘कार्य योजना अनुसार काम भए नभएको रिर्पोट अनुसार मात्र म्याद थप्ने बारे कुरा हुन्छ, नत्र जति पनि म्याद थप्ने काम सरकारले गर्न सक्दैन ।’
आयोजना प्रभावित क्षेत्रका नागरिकलाई मुआब्जा दिने काम पनि यथाशीघ्र अघि बढाउन उनले निर्देशन दिएका छन् । प्रक्रिया पुगेका नागरिकलाई आयोजनाले वा सरकारले अन्याय गर्ने काम हुँदैन, प्रक्रिया पुगेका नागरिकका फाइल अघि बढाई मुआब्जा लिन वञ्चित जनतालाई प्रक्रियामा लैजानुहोस्, बस्नेतले भने, ‘नागरिकलाई हाम्रो तर्फबाट मर्का पार्ने काम गरिनु हुँदैन ।’ अनुगमन कार्यक्रममा कर्णाली प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री मंगल शाही, कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसी, प्रदेशसभा सदस्य बिन्दुमान विष्ट लगायतको पनि उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण