कोरोनाकालका विमितलाई रकम उपलब्ध गराउन सभामुखले सरकारलाई रुलिङ गर्नुपर्छः महेश बर्तौला
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले कोरोनाकालका विमितहरुको रकम तत्काल उपलब्ध गराउनका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।
सरकारले सो विमावापतको करिव ११ अर्ब रकम उपलब्ध गराउन चासो नदिएको उल्लेख गर्दै उनले सो सम्बन्धमा सरकारलाई रुलिङ गर्न सभामुख घिमिरेसँग माग गरेका हुन् । सोमबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सचेतक बर्ताैलाले सरकारले नागरिकको सरोकारको विषयमा बेवास्ता गरिरहेको आरोप समेत लगाए ।
उनले भने, ‘यो सरकार माटोको तोर्माजस्तो भयो सभामुख महोदय । ऐया पनि छैन, आत्था पनि छैन । विगत ४ वर्षदेखि यो देशका एक लाख ५० हजार भन्दा बढि नागरिकहरुले कोरोनाको विमा गरेँ । त्यसबापतको ११ अर्व रकम आजसम्म प्राप्त गर्न सकेको छैन । सरकारलाई त्यसको कुनै चासो छैन, सरोकार छैन । कुम्भकर्ण निन्द्रामा प-यो । त्यसकारण सभामुख महोदय विशेष रुलिङ होस् । तत्काल ती विमितहरुले पाउनुपर्ने रकम ती विमितहरुले प्राप्त गर्न सकून । अर्को सवाल, मकवानपुरको त्यो मानव निर्मित इन्द्रसरोवर ताल हो । त्यहाँ १०४ मेघावाट विजुली उत्पादन हुन्छ । त्यो ताल जहाँ ८५ लाख घनमिटर पानी आज त्यो पनि करिव ६२ लाख घनमिटर बाँकि छ । २३ लाख घनमिटर बराबरको पानी हिलो माटो, बेगरले भरिएको अवस्थामा छ । त्यसमा म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु–तत्काल त्यो तालको सरसफाई र त्यसको संरक्षण गरियोस् ।’
सचेतक बर्तौलाले मकवानपुरस्थित इन्द्रसरोबर तालको तत्काल सफाई गर्न पनि सरकारलाई दबाब दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण