पर्यटनमन्त्रीले दायाबायाँ गरे नियमन र नियन्त्रण दुवै गर्छौँ : सभापति यादव
सोमबार, १८ भदौ २०८०, १६ : १०
काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राज किशोर यादवले पर्यटनमन्त्री सुदन किराँतीलाई गलत काम नगर्न खबरदारी गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै सभापति यादवले यस्तो खबरदारी गरेका हुन् । उनले पर्यटनमन्त्री किराँतीमा केही काम गरौं भन्ने जोस जाँगर देखिएको बताए । उनले देश र जनताको लागि केही गर्छु भन्ने प्रयास मन्त्रीले गर्न खोज्दा समिति नीतिगत सुधार गर्न तयार रहेको बताए ।
सभापति यादवले मन्त्रीले पर्यटन सम्बन्धी नीतिहरु समयअनकुल बनाउनुपर्ने र त्यो देशको हितमा भए सामूहिक पहल गर्न समिति तयार रहेको बताए ।
सभापति यादवले समितिले मन्त्रीलाई राम्रो कामको लागि साथ पनि दिने र कहीँ दायाँबायाँ भयो भने नियमन र नियन्त्रण दुवै गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण