पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्छः अर्थमन्त्री डा. महत
पोखरा । अर्थमन्त्री डा. प्रकाश शरण महतले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्को २३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले पोखरलाई ट्रान्जिट प्वाइन्टकारुपमा विकसित गर्नुपर्ने बताएका हुन् ।
‘पोखरालाई ट्रानजिट प्वइन्टका रुपमा विकसित गर्नुपर्छ । मुस्ताङ, लमजुङ, चितवन, लुम्बिनी जानका लागि पोखरा केन्द्रबिन्दु हुनसक्छ,’ महले भने, ‘पर्यटन प्रवर्द्धनका लागि देश लगानी गरेको हो, अहिले लगानी उठाउन सकिएको छैन ।’
पर्यटन क्षेत्रलाई अझै धेरै सुधार गर्नुपर्ने भएकाले धेरैजसो माग र निर्णय भावनामा बगेर गरिने समेत बताए । भावनामा बगेर गरेको लगानीबाट प्रतिफल लिने विषय चुनौतीपूर्ण रहेको उनको भनाई छ ।
‘युद्ध, भूकम्प, कोभिड र रसिया–युक्रेन युद्धले ल्याएको अन्तर्राष्ट्रिय मन्दीबाट हामी गुज्रिएकाले राजश्वमा ठुलो प्रभाव पर्यो,’ उनले भने, ‘भूकम्प र कोभिडबाटै सुरु भएको अर्थतन्त्रको शिथिलता पछिल्लो समय विशिष्ट किसिमले देखियो ।’
समस्या छन् भन्दैमा निराशाको कुरा गरेर बस्न नहुने मन्त्री डा महतले बताए । सबैले सकारात्मक सोच राखेमा अर्थतन्त्र पनि सकारात्मक बाटोतर्फ उन्मुख हुने बताउँदै पोखरा पर्यटन व्यवसायको हब भएको समेत बताए ।
पुँजीगत खर्च प्रभावकारी ढङ्गबाट कार्यान्वयन गरिनेछ । ठेक्का समयमा लगाइने । ठुलठुला आयोजनाबाहेक सरकारले तीन वर्षे योजना समयमै सम्पन्न गर्ने हिसाबले ठेक्कामा लगाउँछ ।
‘भनेजस्तो पर्यटकको आगमन भएको छैन, बाटोको समस्या, छ । एयरपोर्टमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पृथ्वी राजमार्ग समयमै स्तरोन्नति भइसक्नुपर्ने थियो’ उनले भने, ‘यसलाई सरकारले गम्भीरताका साथ लिएको छ । बाटो राम्रो हुनेवित्तिकै आन्तरिक पर्यटनमा वृद्धि हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण