बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्छः  अर्थमन्त्री डा. महत

सोमबार, १८ भदौ २०८०, १६ : ५५
सोमबार, १८ भदौ २०८०

पोखरा । अर्थमन्त्री डा. प्रकाश शरण महतले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्को २३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले पोखरलाई ट्रान्जिट प्वाइन्टकारुपमा विकसित गर्नुपर्ने बताएका हुन् ।

‘पोखरालाई ट्रानजिट प्वइन्टका रुपमा विकसित गर्नुपर्छ । मुस्ताङ, लमजुङ, चितवन, लुम्बिनी जानका लागि पोखरा केन्द्रबिन्दु हुनसक्छ,’ महले भने, ‘पर्यटन प्रवर्द्धनका लागि देश लगानी गरेको हो, अहिले लगानी उठाउन सकिएको छैन ।’

पर्यटन क्षेत्रलाई अझै धेरै सुधार गर्नुपर्ने भएकाले धेरैजसो माग र निर्णय भावनामा बगेर गरिने समेत बताए । भावनामा बगेर गरेको लगानीबाट प्रतिफल लिने विषय चुनौतीपूर्ण रहेको उनको भनाई छ ।

‘युद्ध, भूकम्प, कोभिड र रसिया–युक्रेन युद्धले ल्याएको अन्तर्राष्ट्रिय मन्दीबाट हामी गुज्रिएकाले राजश्वमा ठुलो प्रभाव पर्‍यो,’ उनले भने, ‘भूकम्प र कोभिडबाटै सुरु भएको अर्थतन्त्रको शिथिलता पछिल्लो समय विशिष्ट किसिमले देखियो ।’ 

समस्या छन् भन्दैमा निराशाको कुरा गरेर बस्न नहुने मन्त्री डा महतले बताए । सबैले सकारात्मक सोच राखेमा अर्थतन्त्र पनि सकारात्मक बाटोतर्फ उन्मुख हुने बताउँदै पोखरा पर्यटन व्यवसायको हब भएको समेत बताए । 

पुँजीगत खर्च प्रभावकारी ढङ्गबाट कार्यान्वयन गरिनेछ । ठेक्का समयमा लगाइने । ठुलठुला आयोजनाबाहेक सरकारले तीन वर्षे योजना समयमै सम्पन्न गर्ने हिसाबले ठेक्कामा लगाउँछ ।

‘भनेजस्तो पर्यटकको आगमन भएको छैन, बाटोको समस्या, छ । एयरपोर्टमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पृथ्वी राजमार्ग समयमै स्तरोन्नति भइसक्नुपर्ने थियो’ उनले भने, ‘यसलाई सरकारले गम्भीरताका साथ लिएको छ । बाटो राम्रो हुनेवित्तिकै आन्तरिक पर्यटनमा वृद्धि हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप