चीनले जारी गरेको नयाँ नक्साबारे के भन्छन् सांसदहरु ?
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेको नक्साबारे अन्तर्राष्ट्रिय जगतलाई जानकारी नदिएका कारण चीनले सो भू–भाग नेपालमा नसमेटी नक्सा जारी गरेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले तत्कालीन संसदले सर्वसम्मत रुपमा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमिमा समेटेर नक्सा पास गरेको भएपनि अन्तर्राष्ट्रिय जगतलाई जानकारी नगराएको बताए ।
परियारले नेपालकै कमजोरीका कारण सो भूमि नेपालमा समेटिएको नक्सा अन्तर्राष्ट्रिय जगतले जारी नगरेको बताए । उनले सरकारलाई नेपालको आधिकारिक नक्साका बारेमा अन्तर्राष्ट्रिय जगत र सम्बन्धित निकायहरुमा पठाउन माग गरे ।
कांग्रेसका सांसद चन्द्र भण्डारीले संसदबाट सर्वसम्मत रुपमा नक्सा पास गरेपनि पठाउने बेलामा दराजमा थन्क्याइएको बताए । उनले नेताहरुले जनतासँग एउटा कुरा र काम अर्को गर्नेगर्दा यस्तो परिस्थिति आएको बताए । उनले प्रधानमन्त्रीले यस विषयमा चिनियाँ राष्ट्रपतिसँग संयमतापूर्वक कुरा गर्नुपर्ने बताए ।
त्यस्तै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपालले पारित गरेको नेपालको नक्सा छिमेकी देशहरुले स्वीकार गर्नुपर्ने बताए । उनले चीनले जारी गरेको नक्साको सन्दर्भमा नेपाल सरकारले पत्राचार गरी स्पष्टीकरण सोध्नुपर्ने बताए ।
खनालले चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले चिनियाँ पक्षसँग यस विषयमा खुट्टा नकमाई उत्तर माग्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण