चीनले जारी गरेको नयाँ नक्साबारे के भन्छन् सांसदहरु ?

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेको नक्साबारे अन्तर्राष्ट्रिय जगतलाई जानकारी नदिएका कारण चीनले सो भू–भाग नेपालमा नसमेटी नक्सा जारी गरेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले तत्कालीन संसदले सर्वसम्मत रुपमा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमिमा समेटेर नक्सा पास गरेको भएपनि अन्तर्राष्ट्रिय जगतलाई जानकारी नगराएको बताए ।
परियारले नेपालकै कमजोरीका कारण सो भूमि नेपालमा समेटिएको नक्सा अन्तर्राष्ट्रिय जगतले जारी नगरेको बताए । उनले सरकारलाई नेपालको आधिकारिक नक्साका बारेमा अन्तर्राष्ट्रिय जगत र सम्बन्धित निकायहरुमा पठाउन माग गरे ।
कांग्रेसका सांसद चन्द्र भण्डारीले संसदबाट सर्वसम्मत रुपमा नक्सा पास गरेपनि पठाउने बेलामा दराजमा थन्क्याइएको बताए । उनले नेताहरुले जनतासँग एउटा कुरा र काम अर्को गर्नेगर्दा यस्तो परिस्थिति आएको बताए । उनले प्रधानमन्त्रीले यस विषयमा चिनियाँ राष्ट्रपतिसँग संयमतापूर्वक कुरा गर्नुपर्ने बताए ।
त्यस्तै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपालले पारित गरेको नेपालको नक्सा छिमेकी देशहरुले स्वीकार गर्नुपर्ने बताए । उनले चीनले जारी गरेको नक्साको सन्दर्भमा नेपाल सरकारले पत्राचार गरी स्पष्टीकरण सोध्नुपर्ने बताए ।
खनालले चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले चिनियाँ पक्षसँग यस विषयमा खुट्टा नकमाई उत्तर माग्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त राज्यमन्त्रीको शपथ ग्रहण आज
-
सरकारको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
राजदूत घिमिरेद्वारा राजा चार्ल्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि अर्की नेपाली मृत फेला परेपछि एबीभीपीले भन्यो– केआईआईटीविरूद्ध तत्काल कडा कारबाही होस्
-
म्यान्चेस्टर युनाइटेड र टोटनह्याम युरोपा लिगको फाइनल दौडमा