कानुनी अस्पष्टताले सेवा प्रवाहमा उपलब्धि हासिल गर्न सकिएन : मुख्यमन्त्री यादव
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कानुनी अस्पष्टता र दोहोरोपनले विकास निर्माण र सेवा प्रवाहमा उपलब्धि हासिल गर्न नसकिएको बताएका छन् । मुख्यमन्त्री यादवले तीन तहका सरकारको जिम्मेवारीको स्पष्टताको अभावमा स्वास्थ्य, सरसफाइ, खानेपानी, सामाजिक विकास, शिक्षालगायतका क्षेत्रमा काम गर्न नसकिएको बताए ।
प्रदेश स्वास्थ्य संस्था र औषधि विक्रेताको नियमन गर्ने अधिकार प्रदेश सरकारलाई हुनुपर्ने उनले माग गरे ।
उनले भने, 'खानेपानी, ध्वनि प्रदूषण, हावाको गुणस्तर जस्ता विषय पनि प्रदेशको जिम्मेवारीभित्र समाहित हुनुपर्दछ । प्रदेश आर्थिक व्यवस्थापनमा सुधार गर्न स्रोतको सुनिश्चितता गर्न प्रदेशले आन्तरिक ऋण लिन पाउने व्यवस्थालाई तत्काल कार्यान्वयन गर्नुपर्दछ ।' प्रदेश सरकारको स्रोतको न्यून रहेको भन्दै उनले करको दायरा फराकिलो बनाउनु पर्ने बताए ।
सो अवसरमा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले संघीय लोकतान्त्रिक गणतन्त्र आएपनि व्यवहार परिवर्तन नहुँदा अपेक्षित परिणाम आउन नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण