कानुनी अस्पष्टताले सेवा प्रवाहमा उपलब्धि हासिल गर्न सकिएन : मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कानुनी अस्पष्टता र दोहोरोपनले विकास निर्माण र सेवा प्रवाहमा उपलब्धि हासिल गर्न नसकिएको बताएका छन् । मुख्यमन्त्री यादवले तीन तहका सरकारको जिम्मेवारीको स्पष्टताको अभावमा स्वास्थ्य, सरसफाइ, खानेपानी, सामाजिक विकास, शिक्षालगायतका क्षेत्रमा काम गर्न नसकिएको बताए ।
प्रदेश स्वास्थ्य संस्था र औषधि विक्रेताको नियमन गर्ने अधिकार प्रदेश सरकारलाई हुनुपर्ने उनले माग गरे ।
उनले भने, 'खानेपानी, ध्वनि प्रदूषण, हावाको गुणस्तर जस्ता विषय पनि प्रदेशको जिम्मेवारीभित्र समाहित हुनुपर्दछ । प्रदेश आर्थिक व्यवस्थापनमा सुधार गर्न स्रोतको सुनिश्चितता गर्न प्रदेशले आन्तरिक ऋण लिन पाउने व्यवस्थालाई तत्काल कार्यान्वयन गर्नुपर्दछ ।' प्रदेश सरकारको स्रोतको न्यून रहेको भन्दै उनले करको दायरा फराकिलो बनाउनु पर्ने बताए ।
सो अवसरमा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले संघीय लोकतान्त्रिक गणतन्त्र आएपनि व्यवहार परिवर्तन नहुँदा अपेक्षित परिणाम आउन नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीगण्डकी करिडोर : राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र
-
अमेरिकामा २० वर्षीय प्रसन नेपालविरुद्ध विश्वव्यापी बाल यौन शोषण नेटवर्क चलाएको अभियोग
-
प्रिसा साह मृत्यु प्रकरण : ओडिसा सरकारले भन्यो- घटनाको छानबिन सुरु भइसक्यो
-
प्रिसा साह मृत्यु प्रकरण : परराष्ट्र मन्त्रालयले थाल्यो छानबिनका लागि कूटनीतिक पहल
-
नवनियुक्त राज्यमन्त्रीको शपथ ग्रहण आज
-
सरकारको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै