जी – २० सम्मेलनअघि अमेरिकी राष्ट्रपति बाइडेनकी पत्नीलाई कोरोना सङ्क्रमण
अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेन जी–२० राष्ट्रको शिखर सम्मेलनमा भाग लिन भारत प्रस्थान गर्नुभन्दा दुई दिनअघि नै कोरोना सङ्क्रमित भएकी छन् ।
यद्यपि राष्ट्रपति बाइडेनको कोभिड–१९ परीक्षण नेगेटिभ आएको छ ।
अमेरिकाकी प्रथम महिलाकी सञ्चार निर्देशक एलिजाबेथ अलेक्जेन्डरले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएकी हुन् ।
जिल बाइडेनमा हाल कोभिड–१९ को हल्का लक्षणहरू देखिएको बताइएको छ। उनी डेलावेयरको घरमै बस्नेछिन्।
This evening, the First Lady tested positive for COVID-19. She is currently experiencing only mild symptoms. She will remain at their home in Rehoboth Beach, Delaware: White House pic.twitter.com/FV5hzPAtZr
— ANI (@ANI) September 5, 2023
यसै क्रममा ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जिन पियरेले प्रथम महिला कोभिड–१९ सङ्क्रमित भेटिएपछि राष्ट्रपति बाइडेनले पनि आफ्नो परीक्षण गराएको बताएकी छन् । यद्यपि उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ ।
यस विज्ञप्ति अनुसार राष्ट्रपतिले नियमित रूपमा परीक्षण गराउने र लक्षणको निगरानी गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण