एमाले लुम्बिनी प्रदेश अधिवेशन : पौने ३ घण्टामा ४० प्रतिशत मतदान
काठमाडौँ । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि मतदान जारी छ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी) मा मतदान भइरहेको हो ।
बिहान पौने नौ बजेबाट सुरु भएको मतदान साढे ११ बजेसम्म ४० प्रतिशत मतदान सकिएको केन्द्रीय निर्वाचन आयुक्त भरत पोखरेलले जानकारी दिए ।
‘साढे ११ बजेसम्म चार सय जनाले मतदान गरिसकेका छन् । दिउँसो १ बजेसम्म मतदानका लागि भित्र पसिसक्नुपर्ने व्यवस्था छ’, पोखरेलले भने,‘मतदान सकेपछि प्रक्रिया पुर्याएर आजैबाट मत गणना सुरु हुन्छ ।’ प्रदेश अधिवेशनका लागि एक हजार चार जना मतदाता रहेका छन् ।
प्रदेश कमिटीको अध्यक्षका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् । कँडेल पाल्पाका हुन् भने, रिजाल प्युठानमा हुन् । दुवै समूह प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । पदाधिकारी र सदस्यसहित २०५ को प्रदेश कमिटीका लागि ३६४ जना प्रतिस्पर्धामा छन् । लुम्बिनीका १२ मध्ये ८ जिल्लाका लागि सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी सचिवमा लक्ष्मण आचार्य पनि निर्विरोध निर्वाचित भैसकेका छन् । पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, उपसचिव तथा सदस्यहरूमा चार जिल्ला रुपन्देही, दाङ, बाँके र गुल्मीका लागि मतदान हुँदैछ ।
सर्वसम्मत निर्विरोध १) सचिव : लक्ष्मण आचार्य २) लेखा आयोग उपाध्यक्ष : बैकुण्ठ महत जिल्ला कोटामा सर्वसम्मत १) नवलपरासी (बसुप) २) कपिलवस्तु ३)पाल्पा ४) गुल्मी (खुला सदस्य बाहेक) ५) अर्घाखाँची ६) प्युठान ७) रोल्पा ८)रुकुम ९) दाङ( खुला,आदिवासी जनजाति बाहेक) १०) बाँके (दलित सदस्य निर्विरोध) ११) बर्दिया सर्वसम्मत
निर्विरोध
१) सचिव : लक्ष्मण आचार्य
२) लेखा आयोग उपाध्यक्ष : बैकुण्ठ महत
जिल्ला कोटामा सर्वसम्मत
१) नवलपरासी (बसुप)
२) कपिलवस्तु
३)पाल्पा
४) गुल्मी (खुला सदस्य बाहेक)
५) अर्घाखाँची
६) प्युठान
७) रोल्पा
८)रुकुम
९) दाङ( खुला,आदिवासी जनजाति बाहेक)
१०) बाँके (दलित सदस्य निर्विरोध)
११) बर्दिया
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण